
बाँके :


नेपालगंजमा रहेका बहिरा अपाङ्गता भएका व्यक्तीहरुको माग सम्बोधन हुने भएको छ ।
नेपालगंज उपमहानगरपालिका मेयर धवल शमशेर राणाले विहिवार उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बहिरा अपाङ्गता भएका व्यक्तीहरुको लागी उचित व्यवस्था गरिदिने बताएका हुन ।

सार्वजनिक सुनुवाइमा बोल्दै मेयर राणाले बहिराहरुको कुरा सुन्न र उनिहरुलाइ कुरा वुझाउन नसकिने भएकाले बहिरा सञ्चारका लागि दोभासेको व्यवस्था गरिदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बहिरा अपाङ्गता भएका व्यक्तीहरुले आफनो कुरा राख्दा मेएर राणा ले केहि ठम्माउनै सकेनन ।
दोहोरो सञ्चारका लागि दोभासेको व्यवस्था गर्ने र अपागंता भएका व्यक्तीहरुको लागि सहयोग गर्न सधै आफु तयार भएको पनि उनले जनाए ।
गत वर्ष सम्म उपमहानगरपालिकाले दोभासेको व्यवस्था गरि दोहोर सञ्चारलाइ सहज वनाएको थियो तर यस वर्ष भने सो शिर्षकको वजेट कटौती भएपछि अपाङ्गता अधिकारकर्मीहरुले समन्वय गरेका थिए ।
डेक नेपालका एड्भोकेसी अधिकृत दिपा थापाले धेरै मेहेनत र समन्वय गरे पछि सार्वजनिक सुन्वाइमै मेएरले अवको कार्यक्रममा दोभासेको व्यवस्था गर्ने प्रतिवद्धता जंनाएको बताइन । मेयरको प्रतिवद्धता पछि बहिरा अपाङ्गता भएका व्यक्तीहरु खुसी भएका छन् ।


