नेपाल नर्सिङ संघको निर्वाचन बुधवार हुँदै , मन कुमारी राई र मुना राना (थापा)को प्यानल भिड्दै

नेपालगन्ज :

नेपाल नर्सिङ संघको १९ औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रा. मन कुमारी राई र प्रा . मुना राना (थापा) को प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

पुस ९ गते बुधवार हुन गइरहेको निर्वाचनमा मन कुमारी राई प्यानलमा वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष , महासचिव , सचिव र कोषाअध्यक्षमा क्रमशः रमेश सुब्बा , मिना बानिया , नर्वदा थापा , प्रमिला थकाली र कल्पना श्रेष्ठ चुनावी मैदानमा होमिएछन् ।

उता मुना राना (थापा) को प्यानलबाट वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष , महासचिव , सचिव र कोषाअध्यक्षमा क्रमशः उर्मिला श्रेष्ठ , बिमला कुमारी शाह , यशोदा बराल , जया मिश्र र कविता आचार्य रहेका छन् ।

अध्यक्षको लागि दाबेदारको रुपमा प्रस्तुत भएकी मन कुमार राईको प्यानल ‘प्रा. मन कुमारी राई समुहको जित , समग्र नर्सिङ जगतको हित’ नारा लिएर चुनावी मैदानमा होमिएको छ । राईको प्यानलबाट जनजाति सदस्यमा हरि प्रसाद कोजु , आदिवासी तर्फबाट सोनु शेर्पा , दलितबाट सपना बि.क. मधेसीबाट अन्जु कुमारी महतो , मुस्लिमबाट कोहिनुर फारुकीले प्रतिस्पर्धा गर्दै छन् भने अम्बिका पौडेल र सीता के.सी. सि.अनमीबाट चुनावी मैदानमा होमिएको छ।

अध्यक्षका प्रत्यासी राईले जिते पश्चात् पहिलो काम न्युनतम पारिश्रमिक दिलाउनेमा केन्द्रित हुने अध्यक्षका प्रत्यासी राईले बताएकी छिन – ‘अहिले नेपाल सरकार मातहतका दुर दराजमा काम गर्ने अ.न.मी. कर्मचारीहरुलाई निशुल्क रुपमा स्टाफ नर्स अध्ययन गराउन पहल गर्ने, प्राइभेट मेडिकल कलेजहरुमा काम गर्ने नर्सिङ कर्मचारीहरुलाई हेजार्ड भत्ता नदिएर खाली एक्सरे र प्रयोगशालामा काम गर्नेलाई मात्र दिएकोमा सबै प्राविधिक कर्मचारीहरुलाई उक्त भत्ता दिलाउने, नेपालका धेरै मेडिकल कलेजहरु तथा स्वास्थ्य सेवामा काम गर्ने प्राविधिक कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिने गरेको पाइएको छ यी संगै १९ बुदे घोषणा पत्र सार्वजनिक गरेका छौं , अाफुले जिते पश्चात् पहिलो काम न्युनतम पारिश्रमिक दिलाउनेमा केन्द्रित हुनेछु’ राईले बताउनुभयो ।

समष्टिगत स्वास्थ्य सेवा उपभोक्ता मैत्रीमय र सुरक्षित स्तरीय बनाउने मूलभूत सिद्धान्त अनुरूप हामी नर्सहरू केन्द्रित हुने भएकाले वरिष्ठ उपाध्यक्षका प्रत्यासी रमेश शुब्बाले आफ्नो उम्मेद्बारी रहेको बताएका छन् ।

प्रतिक्रिया