वान एक्स बेटबाट अनलाइन सट्टेबाजीको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौं : प्रहरीले नेपालमा अवैध सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जनालाई पक्राउ परेका छन् ।

प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटमा सट्टेबाजी गरेको र यसको विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठसहित आठजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो।
प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।

यसअघि प्रहरी प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहका मुख्य नाईकेसहितलाई पक्राउ गरि सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूले रेड्डी एपमा किट्टु ग्रुप सञ्चालन गरेर अबैधकारोबार समेत गर्दै आएको पाइएको छ । यसअघि पक्राउ पर्नेमा दिपेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशीष लामिछाने छन्। – टिभी अन्नपूर्ण

प्रतिक्रिया