यो प्रतिबद्धता पत्र सुरक्षित राख्नुस, हरेक बुदा कार्यान्वयन भएको देख्न पाउनु हुनेछ – मल्ल

नेपालगन्ज : स्थानीय तह निर्वाचनको मनोनयन दर्ता संगै बाँकेको खजुरा गाउँपालिकामा प्रचारप्रसार तथा चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालिएको छ ।

नेकपा एमाले खजुराले मंगलबार खजुरामा ठूलो जनमानसका बिच चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति समेतको उपस्थितिमा खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल, उपाध्यक्षका उम्मेदवार ताजरुन निशा तथा खजुरा गाउँपालिका अन्तरगतमा सम्पुर्ण वडा अध्यक्ष सहितका उम्मेदवारको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको थियो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमाले खजुरा अध्यक्षका उम्मेदवार सुमन मल्लले यो प्रतिबद्धता पत्र सिरानिमा सुरक्षित राख्न भनेका छन् ।

उनले भनेका छन् , यो प्रतिबद्धता पत्र सुरक्षित राख्नुस, अनि गाउँपालिका आउदा लिएर आउनुहोस् एउटा एउटा बुदाहरु कार्यान्वयन भएको देख्न सक्नुहुनेछ, मल्लले आफु काम गर्नकै लागी चुनावमा होमिएको समेत बताएका थिए ।

हेर्नुस् भिडियो सुमन मल्लले के भने…

https://fb.watch/cDmEmCTqlx/

प्रतिक्रिया