नेपालगन्ज, आज सोमबार दिउसो आफ्ना साथिसगं घुम्न निस्किएका नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का २० वर्षिय विष्णु गोडिया जानकी गाउँ पालिका ३ नहरको छेउमा रहेको इट्टा भट्टाको तलाउमा पौडि खेल्ने क्रममा डुवे र उनको ज्यान गयो ।
विष्णु सगै आएका अरु दुई साथिहरु मध्य अर्को एक जना डुवेर पनि बाच्न सफल भए । पौडि खेल्न तलाउमा गएका तिन जनालाई नै राम्ररी पौडि खेल्न नआउने मृतक विष्णुका साथिले बताए । मृतक विष्णु सगै आएका एक साथिले दिउसो करिव तिन बजेतिर फोटो खिच्न आएको बेला गर्मि धेरै भएपछि नुहाउन भनि तलाउमा गएको र सोहि क्रममा यस्तो दुर्घटना घटेको बताउछन ।
पौडि खेल्दा खेल्दै गहिरो भएतिर पुगेको थाहनै भएन दुई जना साथिहरु डुव्न थाले मलाई पनि राम्रो संग पौडि खेल्न आउने थिएन बल्ल तल्ल छेउ किनार नजिक रहेको एक जना साथिलाई तानेर बचाए, अर्को अलि गहिरोमा थियो जान सकिन मृतकका साथि सबाङले बताए ।
दिउसो डुवेर बेपत्ता भएका मृतक गोडियालाई खोज्न जिल्ला प्रहरीको टोलिले करिव २ घण्टा सम्म प्रयास गरेपनि सफल हुन सकेन । सामान्य रुपमा खोजिकार्य गरेको जिल्ला प्रहरीको टोलिले बेपत्ता भएका गोडियालाई पत्ता लाउन नसकेपछि सम्सेरगंज बाट ससस्त्र प्रहरी बलको गोताखोर टोलि गुहार गरेपछि उक्त गोताखोर टोलिले १५ मिनेट पानिमा पसेपछि मृतक गोडियाको लास निकालेको इलाका प्रहरी कार्यालय खजुराखुर्दका इचार्ज रुद्र केहिले जानकारी दिएका छन ।
मृतक विष्णु गोडिया पलम्बरको काम गर्दथे । आफुहरु एक घण्टा सम्म पानिमा खेलेको मृतक गोडिया सगै आएका सबाङले बताए ।


















