नेपालगन्ज : एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य लागी बाँके जिल्लामा रहेका एचआइभी एड्स र लागुपदार्थ दुर्ब्यसन विरुद्धका क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको बैठक सम्पन्न भएको छ ।
लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेदको दर कम भएपनी समाजमा अझै पनि विभेद रहेको भन्दै चिन्ता समेत व्यक्त गरिएको थियो ।
रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बुधबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले समाजमा कहिकतै अझैपनी एचआईभी सङ्क्रमित व्यक्ति तथा लागू औषध दुर्ब्यसनी समाजमा दुव्र्यवहार र बिभेदकाे सिकार हुनुपर्ने परिस्थिति रहेकाे सुनाए ।
रिकभरिङ नेपालकाे लुम्बिनी प्रदेश फाेकल पर्सन प्रविण बिसीले बिगतकाे भन्दा एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनी माथि हुने विभेदमा कमी आएको भएपनि निर्मुल हुन नसकेकाे बताए । उनले सामाजिक बिभेद अन्त्यकाे आवश्यकता औल्याउँदै त्यसका लागि रिकभरिङ नेपालले सबै सराेकारवालासंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
त्यस्तै कार्यक्रममा चेन्ज टिमका टिम लिडर ईन्दिरा जिसीले एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसनका हकमा हुने विभेद अन्त्यको लागी सबै सरोकारवाला निकाय मिलेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
बैठकको सहजीकरण गर्नुभएकी रिकभरिङ नेपाल लुम्बिनी प्रदेश महासचिव यशाेदा ज्ञवालीले सामुहिक प्रयासबाट मात्रै भेदभाव अन्त्य हुने बताउँदै त्यसका लागि सक्रिय भएर लाग्न सबैमा आग्रह समेत गर्नुभएको थियो । साथै ज्ञावालीले लागुपदार्थ दुर्ब्यसनीलाई एउटा रोगिको रुपमा लिनुपर्ने र उपचार गरेर अरु जस्तै ठिक हुन्छ भन्ने कुरा समाजलाई बुझाउनु पर्ने समेत बताउनुभयो ।
‘हामिले दुर्ब्यसनीलाई उपचारको दायरामा ल्याएर पुर्णतया निको बनाएर पुनःसमाजमा स्थापित गर्न सामाजिक तथा राजनैतिक सहभागीता सुनिश्चित गर्नुपर्छ, जसको लागी समाजले दुर्ब्यसनीलाई भेदभाव नभै उपचारमा सहयोग गर्नुपर्छ’, ज्ञावालीले बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख वीर बहादुर चन्द लहायत सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा सुधारकेन्द्रका प्रतिनिधि समेतको उपस्थिती रहेको थियो ।
रिकभरिङ नेपालले लागू औषध दुर्व्यसनको क्षेत्रमा काम गर्दै आएको छ, रिकभरिङ नेपाल देशभर नशा प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अग्रणी संस्था हो। यस संस्थाले पुनर्स्थापन केन्द्रहरूको सञ्जाल, पीयर सपोर्ट कार्यक्रम, अस्पतालमा सेवा सुधार, तथा नीति निर्माण तहमा समेत वकालत (योगदान) दिँदै आएको छ।
संस्थाले नेपालका दुर्गम जिल्लादेखि शहरी केन्द्रसम्म लागू औषध प्रभावित युवाहरूलाई पुनःजीवन दिनेमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसका कारण यसको कार्यप्रति सरकारको चासो र उच्च मूल्यांकन रहँदै आएको हो।










