बढैयाताल गाउँपालिकाद्वा आर्थिक बर्ष ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत

बढैयाताल गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बढैयाताल गाउँपालिकाका मेयर लालबहादुर श्रेष्ठले गाउँ सभामा आर्थिक वर्ष २०७७÷०७८को लागि रु. ६९ करोड, ५१ लाख २१ हजार रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको छ। गाउँपालिकामा बुधबारदेखि शुरु भएको गाउँसभामा मेयर लाल बहादुर श्रेष्ठले १३८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै बढैयाताललाई कोरोना मुक्त पालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

कोभिड–१९ लाई नियन्त्रणमा लिन कुनै अभाव नहुने गरी बजेटको व्यवस्था मिलाउने, कोभिड महामारीका कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सिपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रको रोजगारदातासंग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने, पालिकाभित्रका १६ बर्ष माथिका युवाहरुलाई सुरक्षा निकायमा रोजगारीका लागि छनोट हुन सहयोग पुग्ने उद्देश्यले आवश्यक तालिमको व्यवस्था मिलाउने, काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यवसायिक तथा सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा रोजगारीमा आवद्ध गर्ने , तेस्रो मुलुकबाट आएका नेपाली नागरिकलाई बढैयातालमै रोजगार प्रदान गर्ने जस्ता विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषकलाई बगर खेतीका लागि प्रोत्साहन गर्ने, नश्ल सुधार कार्यक्रम अन्तर्गत् कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्याबको व्यवस्था गर्ने, युवा कृषकहरुको गाउँपालिका स्तरीय सञ्जाल बनाई तिनीहरुलाई अनुदान तथा सहयोगको व्यवस्था गर्नेका साथै गाउँपालिका क्षेत्रका कृषि सम्भावित स्थानहरुको पहिचान गरि एक वडा एक कृषि नमुना व्यवसायीक खेतीका लागि प्रत्येक वडामा कृषि प्राविधिकका साथै कृषि सेवा , कृषि पाठशालाको स्थापना गरि निशुल्क माटो परीक्षण गरी सिफारिस अनुरुपको बिउ बाली रोपि कृषि उत्पादनमा जोड दिईनेविषयहरु समेटिएका छन् ।

थपमा कृषि उत्पादनलाई मुल्यबृद्धी गरि कृषकलाई लाभ पुर्याउनका लागि स्थानिय सहकारी , समूह , व्यक्ति मार्फत कृषि उत्पादनलाई संकलन ग्रेडिङ, प्याकेजिङ र प्रशोधन गरी वजारीकरण गर्दै जाने निती लिइएको छ ।


यसैगरि संस्थागत र सामुदायिक विद्यालयमा शैक्षिक स्तरमा एकरूपताका लागि अनुभव आदन प्रदान कार्यक्रम संचालन गरिने , शिक्षाको सहज पहुँच बढाउन विपन्न विद्यार्थीका लागि छात्रवृति कार्यक्रम संचालन गरिने , गुणस्तर शिक्षा प्रदान गर्ने विद्यालयलाई पुरस्कृत तथा गुणस्तर प्रदान गरिने , कमजोर भएका विद्यालयका लागि प्रोत्साहनका लागि विशेषज्ञ सहितको शैक्षिक गुणस्तर अनुगमन संयत्र गठन गरि अनुगमनको व्यवस्था गरिने जस्ता नीति नियम वर्णन गरिएको छ । यसै सन्दर्भमा विद्यालयमा शिक्षकको उपस्थित लाई नियमन गर्न ई. हाजिरी जडान गरि व्यवस्था मिलाइने भने जेहन्दार विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरि प्रत्यक बर्ष S.E.E मा उत्कृष्ट नतिजा ल्याउने संस्थागत र सामुदायिक विद्यालयलाई गाउँपालिका अध्यक्ष विद्या शिल्डद्वारा सम्मान गरिने नीति पनि टिप्पणी गरिएको छ ।


उक्त विवरणमा सामुदायिक वनहरूमा आम्दानी हुने विरुवा जस्तै ( हलेदो, अम्रिसो, वेद, तरुल )र जडिबुटिका विरुवाहरु वृक्षरोपणका लागि नर्सरीको व्यवस्था गरी आयआर्जमा टेवा पुर्‍याइनेका साथै सामुदायिक वनमा सेवा लिन नसकेका समुदायीहरूलाई सामुदायिक वनमा गरिने र स्थानीय विपद व्यवस्थापन समिति मार्फत विपद पूर्व तयारी प्रतिकार्य योजना र जोखिम न्युनीकरणको योजना गरिने र गाउँपालिका प्रकोप व्यवस्थापन कोष बृद्ध गर्दै लगिने उद्देश्यका साथ नीति नियम वर्णन गरिएको छ । यसैसँग सौराहा स्वास्थ्य केन्द्रलाई ५० सययको अस्पताल स्तर अन्नती गरिने साथै सबै स्वास्थ्य चौकि र आधारभूत स्वास्थ्य चौकिलाई ल्याब सहितको सुविधा सम्पन्न गर्ने नियम र नीति पनि उल्लेख गरिएको छ ।

आज भएको बढैयाताल गाउँसभामा अध्यक्ष लालबहादुर श्रेष्ठ , उपाध्यक्ष श्री दिपा कुमारी गौतम ,प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी साथै सम्पूर्ण नौं वटै वडाका वडाध्यक्ष सहित सम्पूर्ण वडा सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया