नेपालगन्ज – कुखुरा बिकास फार्म खजुराले महिला किसान समुहलाई न्यू हेम्प्सायर र ब्ल्याक अस्टालोप जातका ६ हप्ते कुखुराको चल्ला बितरण गरेको छ ।
जिबिको पार्जन सुधार गरिबी निबारन तथा खाद्य सुरक्षाका लागि ग्रामीण कुखुरा प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँ घरमा सहजै हुर्कन सक्ने चल्लाहरु हुर्कायर वितरण गरियको कुखुरा बिकास फार्म खजुराका फार्म प्रबन्धक डा. शंकर न्यौपानेले जानकारी दिनुभयो ।
कोहलपुर १३ सिमरीका हरियाली ग्रामीण कुखुरा पालन समुह र कोहलपुर १४ बैजानाथपुरका सहयोगी ग्रामीण कुखुरा पालन समुहका किसानहरुलाई हरेक समुहलाई ६ सय का दरले वितरण गरिएको फार्म प्रबन्धक न्यौपानेले बताउनुभयो ।
फार्मले कुखुराको दाना र औसधि समेत किसानहरुलाई वितरण गरेको छ । चल्ला वितरण गरिएको महिला समुहका किसानलाई यसअघि फार्मले ३ दिने तालिम पनि दिएको थियो । समुहका किसानलाई प्रती समूह ६० हजारका दरले खोर सुधारका लागि सहयोग गरिएको कुखुरा बिकास फार्मले जनाएको छ ।













