३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने प्रिकास्ट प्रबिधिको घर नेपालगन्जमा

नेपालगन्ज – साढे तिन लाखबाट नै घर निर्माण सम्पन्न गर्न सक्ने गरि प्रिसु ग्रुपले प्रिकास्ट प्रविधिको घरको सुरुवात नेपालगन्जमा गरेको छ ।

‘अब बन्नेछ सबैको घर, हुदैछ सबैको सपना साकार भन्ने’ नारासहित प्रिसु ग्रुपले यस क्षेत्रमा साढे ३ लाखबाट नै घर निर्माण सम्पन्न गर्न सकिने गरी अर्डर लिन सुरु गरेको छ । ग्राहकहरुको माग र आवश्यकता अनुसार त्यो भन्दा बढी खर्च हुनेछ ।

अर्डर गरेको १० दिन भित्र निर्माण सम्पन्न गर्न सकिने, फाइनान्सको पनि सुबिधा भएको , सहरी छेत्रमा माथिल्लो तला थप्न मिल्ने, एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण गर्न पनि मिल्ने भएको हुँदा अहिले नै घर निर्माण गर्न धेरै खर्च गर्न नचाहनेहरुले यस्तो तरिकाबाट घर बनाएर अधिक लाभ लिन सक्ने प्रिसु ग्रुपका चिफ कमर्सियल अफिसर दिग्विजय ढुङ्गानाले जानकारी दिनुभयो ।

कम खर्चमा निर्माण सम्पन्न भएता पनि संरचना बलियो हुने र बर्षौ बर्ष टिक्ने हुँदा निर्माण पश्चात् ढुक्क हुन सकिने वहाँ ले बताउनु भएको छ ।

अहिले आधुनिक घरहरुको बुकिङ खुल्ला गरिसकेको र पर्खाल , गार्डेन, गोदाम पनि सहुलियत मुल्यमा बन्ने हुँदा स्कूल , होटल, रेस्टरेन्ट तथा कटेज , व्यापारी , कृषक र अन्य पेशागत व्यक्तिले छिटो र कम लागतमा निर्माण गरेर लाभ लिन सक्ने जनाइएको छ ।

यसबारेमा अधिक जानकारी लिन चाहनेहरुले प्रीसु ग्रुपमा वा मोबाईल नम्बर ९८४८०६५६९७ मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिक्रिया