नेपालगन्ज – बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेड खजुराको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको सात सिद्धान्तलाई मानेर सात वटा मैन बत्ती बालेर कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि तथा अतिथिहरुले गरेका थिए ।
बागेश्वरी बहुउद्देश्यीय कृषि सहकारी लिमिटेडको अध्यक्ष समेत रहनुभएकी कमला न्यौपानेले कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत समेत गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सीता तिवारीले गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष कमला न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा खजुरा गाउँ पालिकाका विज्ञा पुर्णचन्द उपाध्याय , खजुरा गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतम , खडक ओलि ,उदेश धामी , खिमा कंडेल लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बढी बचत गर्ने सदस्य पुर्णा कुमारी गुरुङ लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी ब्यवस्थाक समेत रहेकी बिमला थापा मगरले गर्नुभएको थियो । संस्थाले खजुरामा हप्तामा तीन दिन तरकारी हाटबजार संचालन गर्दै आएको छ ।













