नेपाली भूमि अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् । बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर लगायतका प्ले कार्ड बोकेका थिए । युवाहरू प्रदर्शनमा उत्रिएपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ । हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निर्माण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

प्रतिक्रिया