लालि गुराँस बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

साधारण सभाको अवसरमा रक्तदान कार्यक्रममा


नेपालगन्ज – लालि गुराँस बचत तथा ऋण सहकारी सस्था लिमिटेड नेपालगन्जले आज आफ्नो आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नेपालगन्जमा आयोजना गरिएको साधारण सभामा बोल्दै नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल सिहं हमालले सहकारीले साना व्यवसायिलाई बचत गर्न सिकाएको भन्दै यसलाई फराकिलो बनाउदै लैजान सुझाव दिनुभयो ।

सहकारीका अध्यक्ष शिव कुमार नहर्किको सभापतित्वमा सम्पन्न सभामा बोल्ने बक्ताहरुले सहकारीले इमान्दारीता नछाडि कार्य गर्न सुझाव दिएका थिए । त्यस्तै उक्त सहकाररीले हरेक वर्ष जस्तै साधारण सभामा रक्तदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

सहकारीले आज आठौ साधारण सभाको अवसरमा गरेको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको क्षेत्रिय रक्त सञ्चार केन्द नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया