डा.न्यौपानेको सक्रियतामा खजुराको कुखुरा विकास फार्मको मुहार फेरियो

खजुरा : कार्यालय प्रमुखले चाहे आफ्नो कार्यकालमा नसोचेको परिवर्तन गर्न सक्छन । यसको उदाहरण बाँकेको खजुरा रहेको कुखुरा विकास फार्ममा देख्न सकिन्छ ।

लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगर्त रहेको कुखुरा विकास फार्ममा फार्म प्रवन्धकको रुपमा रहेका डा. शकर न्यौपाने पशु प्रजनन कार्यालय नेपालगन्ज बाट सरुवा भएर आएपछि उनको सक्रयताले फार्मको स्वरुप नै फेरीएको छ ।

कृषि अनुसन्धान निर्देशनालयको परिसर भित्र रहेको कुखुरा विकास फार्मको मुल गेट देखि नै कार्यालय व्यवस्थापनको छनक देख्न सकिन्छ । कुखुरा विकास फार्मका प्रवन्धक डा. शकर न्यौपाने आएपछि देखिने ठुलो काम भनेको ५ हजार माउ राख्न मिल्ने बातानुकुलित अत्याधुनिक नयाँ खोर निर्माण गरि उत्पादनको काम समेत सुरु भैसकेको छ । उक्त अत्याधुनिक खोरमा गर्मिको समयमा पनि उत्पादन बढ्ने, कुखुराको मृत्युदर कम हुने, जैविक शुरक्षाको हिसावमा सुरक्षित, अटोमेटिक सिस्टम भएकाले तापक्रम आद्रता नियन्त्रण तथा दानापानि र अण्डा संकलनका लागी कम समय लाग्ने साथै गुणस्तरीय अण्डा र चल्ला उत्पादन हुने गरेको छ ।

कुखुरा विकास फार्मले हाल सम्मकै धेरै यस वर्षमा २ लाख १९ हजार बढि चल्ला उत्पादन गरेको छ । चल्ला उत्पादन सगैं हाल सम्मकै धेरै राजस्व संकलन समेत फार्मले गर्न सफल भएको छ । फार्मले चल्ला तथा कुखुरा उत्पादन गरी भएको विक्रि बाट १ करोड ५ लाख राजस्व संकलन गरेको जनाएको छ ।

कोरोना कहरका विचमा धेरै कार्यालयहरुले आफ्ना नियमित काम र प्रगति तथा सेवा दिन नपाएपनि कुखुरा विकास फार्मले भने लकडाउनको अवधिमै १ लाख बढि चल्ला उत्पादन गरी किसानहरुलाई विक्रि वितरण गरेको थियो । फार्मले पहिले दुई जातहरु अष्टलोप र न्यु हेम्पसायरको उत्पादनलाई मात्र बढि प्राथमिकता दिने गरेको भएपनि हाल स्थानिय लोकल जातहरुको उत्पादनलाई समेत ध्यान दिएको छ ।

लोकल जातहरुको संम्रक्षण र उत्पादन बढाउन कुखुरा विकास फार्मले छुट्टै योजना बनाएर स्थानिय जातहरुको प्रवद्धनमा काम गरिरहेको छ । लोकल जातका कुखुराको माग दिन प्रतिदिन बढ्दै जादा फार्मले गरेको काम प्रससनिय बनेको छ । फार्मले साकिनी, घाँटी खुइले, प्वाक उल्टे जस्ता लोकल जातहरुको उत्पादन वृद्धि गर्दै लगेको छ । कुखुरा विकास फार्मले शुद्ध साकिनी र उननत जातका कुखुरा न्यु हेम्पसायरको विचमा क्रम गराएर खजुरा साकिनी क्रस जातको कुखुरा उत्पादन गर्दै आएको छ । फार्मले अन्य भौतिक संम्रचना निर्माणलाई पनि उतिकै ध्यान दिएको फार्मका प्रवन्धक डा.न्यौपानेले बताए ।

फार्ममा पहिलो पटक प्रयोगशाला निर्माण गरिएको छ । त्यस्तै, अन्य आधुनिक खोर निर्माण, बायोलोजिकल पिट तथा ह्याचरी निर्माण समेत गरेर चल्लाको उत्पादनलाई बढाइएको छ । कुखुरा विकास फार्मले तत्कालिन तथा दिर्घकालिन योजना निर्माण गरी दोव्बर उत्पादन गरी दोव्बर राजस्व संकलन गर्ने लक्ष्य बोकेको फार्मका प्रवन्धक डा. न्यौपानेले बताए ।

स्थानिय जातहरु सगै व्यवसायिक कुखुरा पालनलाई मध्यनजर गर्दै टर्कि, बट्टाई, गिरीराज जस्ता उत्पादन गर्ने गरी काम सुरु गरिएको फार्मले जनाएको छ । ग्रामिण पर्यटन प्रर्वधन, पोषण सुधार र युवा स्वरोजगार कार्यक्रम अन्तरगर्त फार्मले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनुसन्धान र शिक्षालाई जोड्ने गरी व्यवहारिक तालिमहरु किसानहरुलाई प्रदान गर्दै आएको छ ।

लुम्बिनी प्रदेशलाई कुखुरामा आत्मनिर्भर बनाउन फार्मले विभिन्न योजना बनाएर किसानका माझमा पुगेरै कुखुरा पालन सम्बन्धि जानकारी दिने र व्यवसायिक बन्न उत्पेरणा प्रदान गर्दै लगेको छ । विभिन्न होमस्टेमा ग्रामिण कुखुराको मागलाई मध्यनजर गर्दै उक्त स्थानहरुमा समुह निर्माण गरि कुखुरा पालनलाई जोड दिने उदेश्यका साथ तालिम तथा सहयोग पनि फार्मले गर्दै आएको फार्मका प्रवन्धक डा.न्यौपानेले उल्लेख गरेका छन ।

कुखुरा पालनका लागी १२ वटै जिल्लामा श्रोत केन्द्र स्थापना गरि गरिबी निवारण, खाध्य शुरक्षा र जिविको पार्जन सुधार कार्यक्रमहरु सन्चालन गरी थप कुखुरा पालन प्रति आर्कषण बढाउने काम फार्मले गरिरहेको जनाएको छ । साथै फार्मले जनचेतनामुलक जानकारीका लागी सोसल मिडियालाई पनि उत्तिकै प्रयोगमा ल्याउदै किसानका समस्या समाधानका लागी प्रावधिक सहयोग गर्ने गरेको छ ।

कार्यालय प्रमुखले परिवर्तन गर्न चाहे राम्रो प्रगति देखिने गरि काम गर्न सकिन्छ भन्ने उदाहरण कुखुरा विकास फार्म खजुराले देखाइसकेको छ । हाम्रो तर्फबाट फार्मलाई अझै धेरे प्रगतिको शुभकामना ।

प्रतिक्रिया