
नेपालगन्ज – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा बागेश्वरी मन्दिरको सरसफाइ गरेको छ ।
सोही अवसरमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख अमित केसीले बागेश्वरी गुठी ब्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण समेत गरेको छ ।

प्रदेश प्रमुख अमित केसीले बागेश्वरी गुठी ब्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गर्दै प्रभु लाइफले बिमा क्षेत्रमा छोटो समयमा प्रगति गरेको बताएका छन् ।
प्रभु लाइफले आफ्नो तेस्रो वार्षिक उत्सवको क्रममा आफ्नो कार्यालयबाट र्याली निस्किएर धम्बोझी चोक , घरवारिटोल हुँदै बागेश्वरी मन्दिर पुगेर सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

प्रभु लाइफले आफ्नो वार्षिक उत्सवको अवसरमा गरेको कार्यक्रमको हेर्नुस् भिडियो :













