युनियन लाईफद्वारा मृत्युदाबी भुक्तानी

युनियन लाईफद्वारा मृत्युदाबी भुक्तानी

नेपालगन्ज – युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश कार्यालय नेपालगन्जले अटो दुर्घटनामा परी मृत्यु भएका बढैयाताल गाँउपालिका-२, सितापुरका स्व. श्याम प्रसाद तिवारीको श्रीमती कबिता पौडेललाई दस लाख पच्चीस हजारको चेक हस्तान्तरण गरेको छ ।

स्वर्गीय तिवारीले युनियन लाइफमा पाँच लाख रुपैयाँको बिमा गरेका थिए , बिहीवार १३ औं पुण्यतिथिका दिन एक शोक कार्यक्रमको आयोजना गरि बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ तथा युनियन लाइफका प्रदेश प्रमुख नारायण पंगेनिद्वारा उक्त चेक हस्तान्तरण गर्ने गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिका अध्यक्ष श्रेष्ठले २१ औँ सताब्दिमा बिमाको महत्त्वको बारेमा प्रस्ट पार्दै निजले गरेको बिमाका कारण परिवारलाई हुन गएको आर्थिक क्षतिमा राहत मिलेको बतानुभएको थियो ।

युनियन लाईफद्वारा मृत्युदाबी भुक्तानी cheque

साथै प्रदेश प्रमुख नारायण पंगेनिले बिमादाबी भुक्तानी छिटो छरितो हुनुपर्ने तथा कम्पनिले बिना झन्झट दाबिलाई सहज बनाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै जो ब्यक्तिको कमाईबाट घर परिवार चलेकोहुन्छ, उसैको नै आफ्नो आयश्रोत अनुसारको बिमा गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख पंगेनिले कालले ठुलो/ सानो धनी/गरिब जस्ता कुनै मापदण्ड नराख्ने बताउँदै अफ्नो परिवारको सम्पुर्ण आर्थिक जोखिम ,दुखको साथि, बिमा कम्पनिलाई दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया