
नेपालगञ्ज – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” सफल बनाउन बिहिवार छलफल भएको आयोजकले जनाएको छ ।
घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा महोत्सवलाई सफल बनाउन तिव्र तयारी गर्ने निष्कर्ष निकालिएको छ । घरेलु तथा साना उद्योगको बजार प्रर्बधनका लागि महोत्व प्रभावकारी हुने अधयक्ष गिरीले बताए । उनले यस्ता महोत्सवलाई सफल बनाउन सहकार्य गर्न आह्वान गरेका छन् ।
छलफल कार्यक्रममा महिला उद्यमी समितिको प्रदेश ५ अध्यक्ष शान्ता शर्मा,केन्द्रीय सदस्य कुवेर रिजाल, जिल्ला अध्यक्ष समर बहादुर खत्री, पूर्व अध्यक्ष जिवनाथ सापकोटा, ओमप्रताप राणा, शेषकान्त शर्मा, सल्लाहकार रामशरण बिसी जिल्ला महासचिव मधु खड्का, कोहलपुर नगर समिति अध्यक्ष हेम बिसी, जानकी समितिको अध्यक्ष बिष्ण प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।
महोत्सव मुल आयोजक समिति संयोजक रचना श्रेष्ठ, उपसंयोजक मीना शर्मा ढकालले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए ।













