नेपालगन्ज :

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवमा चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने आयोजकले जनाएको छ ।
महोत्सवका लागी चर्चित गायक प्रमोद खरेलसंगै बद्री पंगेनी , पशुपति शर्मा, दुर्गेश थापा, प्रकाश सपुत, ज्योति मगर ,प्रीति आले , कमल खत्री नेपालगन्ज आउने भएका छन् ।
साथै महोत्सवकै लागी राजन राज सिवाकोटी, जीवन दाहाल , नवीन पौडेल , भुमिका गिरि , रमेश राज भट्टराई , चन्द्र शर्मा , रामजी खाँड ,ढाकाराम पौडेल , दिपक खड्का , मन्जु पौडेल , दिनेश काफ्ले , कमला घिमिरे , दिक्षा सुनर , रुपा घर्तिमगर , कमल नारायणी लगायतका कलाकारहरुले नेपालगन्ज महोत्सवमा प्रस्तुति दिने आयोजकले बताएको छ ।
महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाईने प्रचार,प्रसार उपसंयोजक बिजय चौधरीले जनाएका छन् ।













