नेपालगन्ज : महालक्ष्मी बिकास बैंक नेपालगंज शाखाले कोहलपुर नगरपालिका ११ स्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
महालक्ष्मी बिकास बैंक नेपालगंज शाखाले सामाजिक उत्तरदायित्व कार्यकम अर्न्तगत कोहलपुर नगरपालिका ११ स्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ उपकरण (Semi Auto Biochemistry Analyser Machine) प्रदान गरेको हो ।
बुधबार महालक्ष्मी बिकास बैंक नेपालगंज शाखाको आयोजनामा आयोजित स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका लुम्बिनि प्रदेश ”ख” कार्यालयका प्रमुख खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानकि अध्यक्ष पुर्णिमा शाहीलाई उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियो ।

मेसिन हस्तान्तरण पश्चात प्रतिष्ठानकि अध्यक्ष पुर्णिमा शाहीले सो मेसिनबाट स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी , लिभर , सुगर र युरीक एसिड सम्वन्धि प्रयोगशाला चेकजाँच सहज हुने बताउनुभयो ।
साथै अध्यक्ष शाहीले बैंकको उक्त सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।
उक्त मेसिनका खरिदका निमित्त महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्य अर्न्तगत १ लाख रुपैया सहयोग उपलव्ध गराउनुका साथै मेसिन हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानमा कार्यरत कर्मचारी , महालक्ष्मी विकास बैंक कोहलपुर शाखाका शाखा प्रवन्धक सहित कर्मचारी हरुको सहभागिता रहेको थियो ।














