मेयर शाहले रास्वपालाई पनि छोडेनन्, भने -‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्,

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् ।

मंगलबार राती सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले नयाँ, पुराना सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । 

उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’ 

नयाँ तथा पुराना सबै नेताहरू चोर हुन् भन्दा रास्वपालाई पनि लपेटेको बिषयमा यतिबेला सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।

रवि लामिछाने राजनितिमा उदाई रहदा कतिले स्वतन्त्र रुपमा जित हासिल गरेका प्रतिनिधि र रास्वपालाई एउटै सहानुभूतिको रुपमा हेरिदै आएको बेला मेयर शाहले नयाँ र पुराना नेताहरु लाई मुछेर त्यसरी स्टाटस लेख्दा पुराना भन्दा नयाँ राजनैतिक दलको रुपमा उदाएको रास्वपालाई पनि उस्तै रुपमा टिकाटिप्पणी गर्न थालिएको छ ।

प्रतिक्रिया