नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य सँघको निर्वाचनको पूर्व सन्ध्यामा साझा प्रजातान्त्रिक व्यवसायिक समुहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
बिश्व ब्यापी कोभिड माहामारी पछिको आर्थिक मन्दीको कारणले उत्पन्न परिस्थितिले नेपालको निजी क्षेत्र समस्याग्रस्त अवस्थाबाट गुजिंदै आइरहेको अवस्थालाई चित्रण गर्दै उद्योग वाणिज्य संघहरूले आफना सदस्यहरूको हकहितको संरक्षण र उनीहरूको हकहितको लागि सम्बन्धित निकायमा दबाव दिनु पर्ने धारण सहितको आफ्नो १८ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
साझा प्रजातान्त्रिक व्यवसायिक समुह निकट राजनैतिक दल र संघसंगठनका प्रतिनिधि, ब्यवसायिक उम्मेदवार र ब्यवसायिहरुको उपस्थितिका बिच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार ललित कुमार रौनियारले १८ बुदे प्रतिबद्धता पत्र बाचन गरेर सुनाएका थिए ।
१८ बुदे प्रतिबद्धता पत्रका १८ बुदा
१ जिल्ला भरीका उद्यमी व्यवसायिहरूका विवरण अद्यावधिक रूपमा संकलन गरी सबै प्रकारका सदस्यरूको समस्याहरूको पहिचान गरि कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसार पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजिकरण गर्नका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय तथा अन्य सरकारी कार्यालयहरू सग समन्वय गरी समस्याको हल खोजिने छ । २. बैक ब्याजदरको बृद्धि, ऋण प्रवाहमा भएको समस्या को कारणले उद्योगी व्यवसायिहरूले भोग्नु परेको कठिन परिस्थितिको अन्त्य गर्न प्रभावकारी कदम चालिनेछ ।
३. बन्द रहेका उद्योगहरूलाई संञ्चालन गर्ने वातावरण तयार गर्न पहल गर्ने तथा बाँके जिल्लामा थप उद्योगहरूलाई स्थापना गर्न समन्वयकारी भुमिका खेल्ने छौं ।
४. नेपाल भारत सिमामा देखिएका व्यापारिक समस्याहरू न्यूनिकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दुखदिने क्रियाकलापको निराकरणको लागि हामीले पहल गर्ने एवं समाधानका लागि सम्बन्धित निकायमा पहल गरी समस्याको हल गरिनेछ । भारतीय प्रहरी प्रशासन तथा नेतागण, भारतीय व्यापारिक संगठनहरू वीच नियमित समन्वयात्मक बैठकको आयोजना गरिनेछ ।
५. भारतबाट आयात गर्ने वस्तुहरूको चर्को भन्सार दरले गर्दा चोरी पैठारी लगायत अनौपचारीक व्यापारलाई बढावा मिल्ने हुनाले नेपाल सरकारसंग सम्बाद गरी न्यून दर गराउन पहलगर्ने तथा जिल्ला प्रसासन कार्यालय, भन्सार कार्यालय, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय सरकारसंग समन्वयन गरी भन्सार नाकालाई कडाईका साथमा परिचालन गराई स्थानीय व्यापारमा प्रत्यक्ष प्रभाव देखिने गरी आवश्यक गतिविधि द्धृढ अठोटको साथ कार्य गर्ने सोको अनुगमन र मूल्याङ्कन निरन्तर गर्नेछौ ।
६. जडिबुटी निर्यातकको हाल समस्याको रूपमा रहेको PLANT QUARANTINE TEST भारतीय सुचीमा नपरेकोले निर्यात गर्न कठिनाई हुँदै आएको तथा भारतीय पक्षले ट्रान्जिट परमिट जारी गर्ने झन्झटिलो प्रक्रियाले निर्यात गर्न सुलभ र सहज बातावरण नरहेकोले सम्बन्धित निकायहरूसँगको सहकार्यमा प्रत्यक्ष निर्यात हुने गरी पहुँच बिस्तार गर्न पहल गरिनेछ ।
७. कर प्रणालीलाई सहज बनाउनका लागि पहल गरिनेछ । ब्यवसाय दर्ताको झन्झिटिलो प्रावधानलाई सहज
बनाउनका लागि पहल गरिनेछ । स्थानिय सरकारले असुल गर्ने व्यवसाय दर्ता सिफारीस शुल्क न्यून गर्न पहल गरिनेछ । घरेलु महासंघसंग सहकार्य गरी साना तथा घरेलु उद्योगलाई प्रोहत्सान गर्न सयुंक्त संयन्त्र निमार्ण गरिने छ ।
८. प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत बाँके जिल्लामा रहेको तरकारी क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउनका लागि सिफारिस गर्न नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रसँग सहकार्य गरिनेछ ।
९. पर्यटनसंग सम्बन्ध संघसंस्थाहरूसंग सहकार्य र साझेदारी गरी पर्यटन प्रहरी गठनमा जोड, पर्यटकीय गन्तव्यहरूको प्रर्वधन र विकास, संरक्षण र गतिविधिमा जोड दिनेछौं । हाट बाजर संचालन, नेपालगंज फुड लेनको स्थापना, रात्री बजारको पहल तथा क्यासिनो, स्पा सेन्टरहरूलाई मर्यादित बनाउन पहल गरिनेछ ।
१०. स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म पुऱ्याउन पहल गर्ने तथा युवाहरूलाई व्यवसाय गर्न रुची बढाउन तर्फ पहलकदमी गरीनेछ ।
११. सुख्खा बन्दरगाह शीघ्र संचालनमा ल्याउनका लागि दवाव दिइने छ तथा भारतबाट आयात हुने GST विललाई मान्यता दिलाउनका लागि सम्बन्धित निकायमा दवाब दिइने छ र एकिकृत जाँच चौकी (ICP) लाई यथाशिघ्र प्रयोगमा ल्याई आयात निर्यातलाई सहजीकरण गरिनेछ ।
१२. उद्योग तथा व्यवसायीको बिस्तार र विकासको लागि गुणस्तरयुक्त, प्रयाप्त तथा नियमित विजुली प्रथम सर्त हो । यसको सुधारको लागि स्थानीय विद्युत प्राधिकरण, प्रदेश विद्युत प्राधिकरण, केन्द्रिय विद्युत प्राधिकरण तथा नेपाल सरकारसंग यस क्षेत्रमा विद्युत उत्पादनको लागि छनौट भईसकेका जल विद्युत प्रोजेक्टहरूको यथाशिघ निर्माणको लागि तथा गुणस्तर विजुलीको लागि प्रयाप्त सब स्टेशन तथा आवश्यक कार्यहरू आदि सबै सरोकार राख्ने संस्थाहरूसंग समन्वय गरी सम्बन्धी पक्ष संग निरन्तर पहल गर्नेछौं ।
१३. महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने तथा उधोगी तथा ब्यवसायीहरूलाई कर प्रशासन तथा अन्य आवश्यक नियम कानुन सम्बन्धि जानकारीमूलक कार्यक्रम सन्चालन गरिनेछ ।
१४. व्यवसायीक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको प्रदेश कार्यकारिणी समितिमा नेपालगन्ज उद्योग वाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराई यस क्षेत्रको आर्थीक क्रियाकलापमा बृद्धि गरिनेछ । बाँके जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासका लागि जिल्लाका संघीय सांसद, प्रदेश सांसद, राजनैतिकदलहरू, स्थानीय सरकारका प्रमुखसंग समन्वय गरि जिल्लाको आर्थिक सम्बृद्धिको लागि एकिकृत एवं दिर्घकालिन व्यवसायीक योजना निमार्णका लागि समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।
१५ नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, पदाधिकारी एवं सदस्यज्यूहरूको ज्ञान र अनुभवलाई अधिकतम उपयोग गर्नका लागि छुट्टै मञ्च स्थापना गर्ने तथा विभिन्न नगर उद्योग बाणिज्य संघहरू, वस्तुगत संघहरू लगायत अन्य व्यवसायिक संघ-संस्थाहरूसंग सुमधुर संबन्ध स्थापित गरी अभिभावकत्व लिनुको साथै विशेषज्ञहरूबाट संघका सदस्यहरूलाई विभिन्न तालीमहरू प्रदान गरी दिगो व्यवसाय तर्फ उन्मुख गराइने छ । युवाहरूको विदेश पलायन तथा दक्ष कामदार उपलब्धतामा धेरै कमी आएकोले बैदेशिक रोजगारीलाई निरूत्साहित गर्ने सरकारी नीतिलाई सहयोग गर्न नेगउ.व्या.संघ समेतले स्थानिय स्तरमा समन्वय गरी विभिन्न तालिमहरू तथा युवा लक्षीत कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१६. बजार क्षेत्रमा पार्किङ व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचान गर्ने तथा सार्वजनिक शौचालय निर्माण गर्न तथा उपलब्ध भएका सार्वजनिक शौचालयहरूलाई प्रयोगमा ल्याउन स्थानीय सरकारसँग सहकार्य गर्ने, व्यवसायिक सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्न र भएकालाई मर्मत र सुचारू राख्न पहल गर्ने तथा स्थानीय निकाय तथा ईन्टरनेट प्रदायक निकायसँग समन्वय गरी आवश्यक स्थानमा निशुल्क ईन्टरनेटको ब्यवस्थापन गर्नेछौं ।
१७. संघको सचिवालयलाई पुर्ण रूपमा Digitalization र प्रविधिमैत्री र द्रुत सेवामुखी बनाइने छ ।
१८. राप्ती नदी स्थित सिधनिया घाटमा शव दाह (लास) जलाउने ठाउँको उचित व्यवस्थापन गरिनेछ ।













