नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्लले आफू बाँकेको क्षेत्र नम्बर ३ बनाउन चुनावी मैदानमा आएको बताएका छन् ।
शुक्रवार बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा मल्लले अरु आफू बन्न यो क्षेत्रमा आएको बताउदै आफू भने यो क्षेत्र बनाउन आएको बताएका हुन् ।
बाँके क्षेत्र नम्बर ३ मा ठुला दल रास्वपा र कांग्रेसले आयातित उम्मेदवार खडा गर्दा एमालेले भने स्थानीय युवा उम्मेदवार सुमन मल्ललाई चुनावी मैदानमा पठाएको छ ।
पटक पटक बाहिरबाट आयातित उम्मेदवारले जित्दा यस क्षेत्रको बिकासमा ध्यान नदिएको गुनासो बढ्दै गएको बेला उम्मेदवार मल्लले आफू क्षेत्र नम्बर ३ को बिकास गर्न चुनाबी मैदानमा आएको बताएका थिए ।










