
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले सडक पुर्वाधार निर्माण महत्त्वपूर्ण फड्काे मारेकाे छ । यहाँ अधिकांस ठाउँमा सडक पुगेकाे छ । नपुगेकाे ठाउँमा याेजना बन्दैछ ।

तत्कालीन गाविसबाट नेपालगन्जमा गाभिएको उक्त वडामा दुई पटक अध्यक्ष भएका दिपक बर्माले सडक पुर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले खुल्ला जिम र पार्क निर्माणलाई प्राथमिकता दिएको छ ।

शहरीकरणसंगै खुल्ला ठाउँको अभाव नहाेस् भनेर यस्ताे गरिएको अध्यक्ष दिपक बर्माले बताउनुभयो ।
(वडा अध्यक्ष संग गरिएको पूरा सम्वाद नागरिक समाजको फेसबुक पेजमा राखिएको छ )


