युनियन लाइफको पहिलो सिओटी नेपालगन्जका झबिन्द्र प्रसाद मरासिनी सम्मानित

नेपालगन्ज : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पहिलो सिओटी हुन सफल नेपालगन्जका झबिन्द्र प्रसाद मरासिनीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

गत आर्थिक वर्षमा युनियन लाइफको नेपाल प्रथम हुन सफल मरासिनी एम डि आर टि हुँदै युनियनको पहिलो सिओटी भएका हुन् ।

मरासिनीलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका मार्केटिङ हेड (सिनियर डिजिएम) कोषराज सुबेदीले खादा ओढाएर सम्मान गरेका थिए ।

नेपालगन्जका उद्योगी तथा व्यापारीको नामले परिचित झबिन्द्र प्रसाद मरासिनी गुल्मिबाट १७ बर्षको उमेरमा नेपालगन्ज प्रवेश गरेका थिए ।

होटेल व्यवसायबाट नेपालगन्जको व्यापारिक क्षेत्रमा प्रवेश गरेका मरासिनी करिब नै महिना अगाडी मात्रै युनियन लाइफको अभिकर्ताको रुपमा काम सुरु गरेका थिए ।

छोटो समयमा जीवन बिमामा कम्पनीलाई उल्लेख्य बिमा दिन सफल मरासिनी एक उदाहरणको रुपमा रहेको कम्पनीका मार्केटिङ हेड कोषराज सुबेदीले बताए ।

सम्मान कार्यक्रममा बोल्दै मरासिनीले जीवन बिमा जीवन रहदा आफुलाई र जीवन पछि परिवारको लागि काम लाग्ने भएकाले यो क्षेत्रमा लागेको बताए साथै आफ्नो अथक मेहनतले फल प्राप्त भएकोमा खुसी समेत ब्यक्त गरेका थिए ।

सम्मान कार्यक्रम युनियन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशको आयोजनामा नेपालगन्जमा भएको थियो ।

कार्यक्रममा युनियन लाइफका प्रदेश प्रमुख नारायण पङ्गेनीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया