
नेपालगन्ज ः राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा एआइजी बढुवाका लागि तीब्र प्रतिस्पर्धा रहेको छ । राष्ट्रिय अनुसन्धान भित्र रिक्त हुने एक जना एआइजी पदका लागि १० जना डिआइजी प्रतिस्पर्धामा रहेका छन् ।
२१ भदौ २०७९ मा पहिलो लटमा डिआइजी बढुवा भएका राम दास, भिम बुढाथोकी, ओम खडका, प्रजेस सिङ हमाल र कृष्ण खनाल मुख्य दवेदार रहेका छन् । त्यपछि पछिल्लो लट २०८० मा डिआइजी बढुवा भएका किशोर श्रेष्ठ, संजय यादव, इन्द्र लामा, माधव तिमिल्सिना पनि प्रतिस्पर्धामा रहेका छन् ।
सबै डिआइजीहरु एआइजी बन्न आफ्नो पहुँच भएको शक्ति केन्द्र धाइरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापा ३ बर्षे पदावधी पुरा गरी उमेर हद्का कारण यहि २७ भदौमा अवकाशमा जाँदै छन् ।
थापाको अवकाशपछि एआइजीद्धय ओम जोशी र टेकेन्द्र कार्की मध्येबाट एक जना आइजीपी बन्ने छन् ।
प्रमुखको नियुक्तिसँगै रिक्त हुने अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदका लागि १० जना डिआइजी यतिखेर प्रतिस्पर्धाको मैदानमा उत्रिएकाछन् । उच्च स्रोतका अनुसार पहिलो लटमा (२१ भदौ २०६९) डिआइजी भएका ५ जना मध्येबाट नै एआइजी बढुवा गराउने कुरा गृह मन्त्रालयमा चलेको छ ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) बढुवाका लागि यी ५ जना डिआइजी मध्ये भिम बुढाथोकीको नाम अग्रपंक्तीमा रहेको उच्च स्रोतले जनाएको छ । बुढाथोकी २०८२ मंसिर अन्तिम साता अवकाश हुन लागेकाले उनलाई नै एआइजी बढुवा गराउनु पर्ने लविङ् चलिरहेको बताइएको छ ।
३ बर्षदेखि प्रशासन महाशाखा हाँकिरहेका डिआइजी बुढाथोकीले राजश्व, एयरपोर्ट, सुरक्षा परिषद् लगायतका संवेदनशिल ठाउँहरुमा सफलता पूर्वक कार्य निभाइ सकेका छन् । अहिलेसम्म कुनै विवादमा समेत नपरी सफलता पूर्वक नेतृत्व सम्हाली सकेको हुनाले बुढाथोकीलाई नै एआइजी बढुवा गराउनु पर्नेमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय रहेको उच्च स्रोतले जनाएको छ ।
‘डिआइजी बुढाथोकी जहाँ जहाँ बस्नु भयो कहिल्यै विवादमा नपरेको र सफल कार्यकाल विताएकोले उहाँलाई नै विभागको अतिरिक्त मुख्य निर्देशक बनाएर २ महिनापछि विदा गर्नेमा लबिङ् चलिरहेको छ ।’ स्रोतले भन्यो उहाँलाई पहिला बढुवा दिंदा अन्य प्रतिस्पर्धिहरुलाई पनि आसर नपर्ने र पछि आउने विभागिय प्रमुख र सरकारले प्रतिस्पर्धी मध्ये योग्य व्यक्ति छनोट गर्न पनि सहज हुने भएको हँुदा उहाँप्रति प्रधान मन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय पनि सकारात्मक रहेको बुझिएको छ ।