सोमबार खजुरा शुक्र स्टेडियममा दोस्रो बृहत तिज नृत्य प्रतियोगिता हुँदै

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर दुई शुक्र स्टेडियममा दोस्रो बृहत तिज नृत्य प्रतियोगिता आयोजना हुनेभएको छ ।

खजुरा युनाइटेड एफसीको आयोजनामा तथा विभिन्न संघ संस्थाको सहकार्यमा भोलि (सोमबार) खजुरा गाउँपालिका वडा नम्बर दुई स्थित शुक्र स्टेडियममा दोस्रो बृहत तिज नृत्य प्रतियोगिता आयोजना हुनेभएको हो ।

हरितालिका तिजको अवसरमा खजुरा युनाइटेड एफसीले आयोजना गर्ने बृहत तिज नृत्य प्रतियोगिता २०८२ को सम्पुर्ण तयारी सकिएको र बृहत रुपमा कार्यक्रम सम्पन्न हुने खजुरा युनाइटेड एफसीका अध्यक्ष डिबि तामाङले बताउनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर दुई स्थिति स्थापना भई खेलकुद संगै समाजिक तथा चाडपर्व विशेषमा समेत समाजिक काम गर्दै आएको खजुरा युनाइटेड एफ.सीले आगामी दिनमा समेत यस्तै कार्यक्रम र सामाजिक क्षेत्रमा काम गर्दै जाने र यो कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्लावासीमा युनाइटेड एफसीका महासचिव महेश खनालले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया