नेपालगन्ज :

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा बाँकेका ईट्टा उद्योगीहरु उक्त योजनामा जान सहमत भएका छन् ।
आज बाँकेको होटल दरबारमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धी भएको अन्तरक्रिया पश्चात् उद्योगीहरु सहमत भएको ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा ईट्टा व्यवसायी महासंघका केन्द्रीय सचिव गोकुल पराजुली , प्रदेश नं ५ ईट्टा उद्योग संघका उपाध्यक्ष देव बहादुर वली लगायतका बाँके जिल्लाका सम्पूर्ण ईट्टा उद्योगीहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका बरिष्ट सहायक निर्देशक केदार ज्ञवालीले सामाजिक सुरक्षा कोषका बारेमा उद्योगीहरुलाई स्पष्ट पार्नु भएको थियोे
उक्त अन्तरक्रियामा पश्चात् उद्योगहरु सुचिकृत गर्ने , स्थायी प्रकृतिका मासिक पारिश्रमिक पाउने श्रमिकहरुलाई कोषमा दर्ता गर्ने कुरा प्रतिवद्दता जनाएता पनि ठेक्का , खुल्ला सिमानाका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा विदेशी श्रमिकहरुको हकमा श्रमिकको पहिचान गर्न अप्ठ्यारो पर्ने भएको हुदा सामाजिक सुरक्षा कोषमा दर्ता गर्न असहज भएकोले सो समस्याको विषयमा बारेमा कोषमा लिखित जानकारी गराउने निर्णय गरिएको कुरा बाँके जिल्ला ईट्टा उद्योग व्यवसायी संघका कार्यालय सचिव सुर्यमणी पौडेलले बताउनुभयो ।
ईट्टा उद्योग मौसमी प्रकृतिको उद्योग भएको हुनाले उद्योगहरुमा थोरै समयमा काम गर्ने श्रमिक तथा खुल्ला सिमानाका कारण भारतीय श्रमिकहरु धेरै हुने गरेको पाइन्छ ।













