
माथी तस्वीर देखिएको जस्तै दृश्य नेपालगन्जका हरेक चोक , सडक र भित्र गल्लीहरुमा समेत देख्न सकिन्छ । प्रत्येक सय मिटरको दुरिमा एक वा त्यो भन्दा बढी ठेलामा हरियो तरकारी र फलफूल राखिएको कृतिम बजार देख्न सकिन्छ ।
बाँके प्रशासनले शुक्रबार देखी लागू हुने गरि अत्यावश्यक सामान खरिदबिक्रीका लागी बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्मका लागी लकडाउनलाई केही खुकुलो पार्ने रणनीति लिएको छ । तर बाके प्रशासनले सब्जी मण्डि संचालनमा भने रोक लगाएक्क छ । सब्जी मन्डीमा रोक लगाए संगै तिनै ब्यापारी सडकमा ठेला मार्फत तरकारी व्यापार गर्दै आएका छन् ।
बिहान र बेलुकी सुनसान रहने नेपालगन्ज दिउँसो भने साधारण अवस्थामा फर्किएको हो कि भन्ने भान गराउदछ ।
हरेक दिन नेपालगन्जका हरेक टोल- टोलमा राखिएको तरकारीका ठेलामा देखिएको भिड आफैमा अर्थपूर्ण छ ।
उता गाउँ घरमा उत्पादन भएका तरकारी नेपालगन्ज सम्म सहज रुपले आउन नसक्दा नेपालगन्जमा तरकारीको मुल्यमा समेत वृद्धि भएको छ भने मुल्यमा एकरुपता समेत पाइदैन ।
हरेक घरमा चुल्हो बल्नै पर्छ , चुल्हो बल्दा महत्त्वपूर्ण बनिदिन्छ तरकारी । आफ्नै उत्पादन नहुदा बजारका तरकारीमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ नेपालगन्जबासिको अनि चुल्हो मा रैनक दिन र जिब्रोलाई स्वाद दिन त्यही ठेलाकै भर छ । ती तरकारी कहाँ बाट आयातित हुन् ? कस्को उत्पादन हो ? रासायन्को प्रयोगको अवस्था कस्तो छ ? अनि अहिले कोरोनाको त्रास त्यस्तै छ यी जस्तै यावत प्रश्नहरुका बिच ती नै तरकारीले हाम्रो चुल्यो धानेको छ ।











