लुना बुढाथोकी
“विद्यालय बन्द भएपनि बालबालिकाको सिकाईको ढोका कहिल्यै बन्द हुँदैन । यसर्थ यो समय पढाउने होईन, सिकाउने हो र प्रत्येक अभिभावक सहजकर्ता बन्न जरुरी छ ।”
शुरुवातका दिनमा डा. मारिया मण्टेश्वरीले यो विधिलाई विस्तार गदैँ जाँदा घर भित्र र घर बाहिर उपलब्ध भएका सामाग्रीहरुको प्रयोगबाट मण्टेश्वरी विधिमा शैक्षिक सामाग्री बनाएर मण्टेश्वरी पाठ्यक्रम मार्फत बालबालिकाहरुलाई शिक्षा दिने गर्नुभयो । समयको परिवर्तन संगै आज ति शैक्षिक सामाग्रीहरु आधुनिक रुपमा तयार भएका छन् । उक्त सामाग्रीहरु अत्यन्तै महँगो हुने भएता पनि मण्टेश्वरी विद्यालयहरुमा त उपलब्ध हुन्छन नै तर लकडाउन अवधि वा अन्य बिदाको समयमा बालबालिकालाई घरमा भएका सामान्य सामाग्रीहरुलाई कसरी प्रयोग वा उपयोग गर्ने र गराउने भन्ने विषयमा मेरो अनुभवलाई अभिभावक सामु पुर्याउने जमर्को गरेकी छु ।
त्यसैले मैले यहाँ चर्चा गर्न खोज्ेको कुरा बालबालिकाहरुलाई घर भित्र नै सामाग्रीहरुको प्रयोगबाट उनिहरुलाई मण्टेश्वरी शिक्षा दिन सकिन्छ भन्ने हो । यसका लागि उनिहरुलाई हामीले सहजरुपमा उपलब्ध हुने सामाग्रीहरुमा संलग्न गराएर सक्रिय बनाउन सकिन्छ । त्यसैले मण्टेश्वरी विधिको सामान्य ज्ञान यहाँहरुलाई दिने प्रयत्न गरेकी छुं ।
मण्टेश्वरी पाठ्यक्रम
व्यवहारिक जिवन उपयोगी शिक्षा/PLE (Practical Life Exercise)
Spooning
सामाग्री – ट्रे, चम्चा, दुई कचौरा, सिमी दाना
विधि – ट्रे मा दुई कचौरा राख्ने, एक कचौरामा सिमी दाना राख्ने, चम्चाको माध्यामबाट त्यो सिमी दानालाई फेरी अर्को खाली कचौरामा राख्ने र केही समयसम्म पालै–पालो एक अर्कामा राखीरहने ।
Dry Pouring
सामाग्री – ट्रे, दुई गिलास, चना दाना वा अरु त्यस्तै केही दाना
विधि – ट्रे मा दुई गिलास राख्ने, एक गिलासमा चना दाना वा अरु उपलब्ध दाना राख्ने अनि दुई हातले समातेर खाली गिलास भर्ने, त्यो चना दानालाई फेरी अर्को खाली गिलासमा भर्ने र केही समयसम्म पालै–पालो एक अर्कामा हातको सहायताले भरिरहने ।
Wet Pouring
सामाग्री – ट्रे, एउटा खाली गिलास, एउटा मग पानी, सुती कपडा
विधि – ट्रे मा खाली गिलास राख्ने, मगमा भएको पानी दुई हातले समातेर खाली गिलास भर्ने, त्यो गिलास भरिएपछि पुनः मगमा भर्ने ।
Beading
सामाग्री – डोरी, प्वाल भएको वस्तु (गोली धागो भित्रको सोली)
विधि – घरमा भएको मोटो धागो वा डोरी लिने र सोली भित्र राखेर उन्ने ।
Pegging
सामाग्री – ठुला दुई कचौरा, पेग्स (कपडा सुकाउदा प्रयोग हुने चिम्टि)
विधि – खाली कचौरामा चिम्टिको सहायताले च्याप्ने र निकाल्ने ।
Tearing
सामाग्री – कागज (पुरानो पत्रिका)
विधि – कागजलाई हात र आँखाको तालमेल मिलाएर च्यात्ने र त्यो टुक्राबाट बल वा बिभिन्न वस्तु बनाउन लगाउने ।
गणित/ Maths
– फरक फरक रङ्गका कागजका टुक्राहरुलाई बिभिन्न आकार बनाई चिनाउन सकिन्छ ।
– ढुङ्गाहरुलाई जम्मा गरेर गणना गर्न सिकाउन सकिन्छ ।
– उमेर र कक्षा अनुसारका बालबालिकाहरुलाई ढुङ्गाको प्रयोगबाट जोड र घटाउ सिकाउन सकिन्छ ।
– उस्तै–उस्तै वस्तुलाई ृनम्बर कार्ड सहित १ देखि १० सम्म राखेरे जोड र बेजोड संख्या चिनाउन सकिन्छ ।
भाषा/ Language
मण्टेश्वरी विधिमा बालबालिकाहरुले हाम्रो भाषा सजिलै बुझ्ने र आफ्नो भाषा सजिलै बुझाउन सक्नु नै भाषाको विकाश हो । सिकाईको सुरुवात भनेकै भाषाको स्पष्टता हो । बालबालिकाहरुको भाषा हामीले बुझ्न या बुझाउन सकेनौ भने हाम्रो सिकाई व्यर्थ हुन्छ । उमेर अनुसार बालबालिकाहरुलाई कुनै पनि जनावर, फलफुल, खानेकुरा, तरकारी आदिका उस्तै–उस्तै चित्र बनाएर जोडा मिलाउन सकिन्छ भने त्यो भन्दा ठुलालाई चित्रको कार्ड (Picture Card) र नामको कार्ड (Name Card) सहित नाम भन्दै सिकाउन सकिन्छ । हामी संग उपलब्ध भएका सम्पुर्ण वस्तुहरु एक–एक देखाएर नाम सिकाउन सकिन्छ । जस्तै – भान्साका समान, बेडरुमका समान, तरकारी, फलफुल आदि प्रत्यक्ष देखाएर नाम भन्न लगाउने ।
ज्ञानिन्द्रीय/Sensorial
यो विधिमा बालबालिकाहरुलाई पाँच वटा ज्ञानिन्द्रीयको माध्यमबाट सिकाउन सकिन्छ । जस्तै……
आँखा – बिभिन्न वस्तुहरुको आकार, रङ्ग, जात छुट्ट्याउन लगाउने ।
कान – उपलब्ध सामाग्रीहरुबाट छुट्टा–छुट्टै निस्केको आवाज÷ध्वनीलाई छुट्ट्याउन लगाउने ।
नाक – हामी संग उपलब्ध सामाग्रीहरुबाट बास्ना आउने जस्तै मसला, घ्यु, अगरबत्ती आदिको बास्ना सुघाँएर नाकको माध्यमबाट छुट्ट्याउन लगाउने ।
जिब्रो – बालबालिकाहरु सबैभन्दा रमाउने भनेकै स्वादको विधिमा हो । यसमा पनि घरमै उपलब्ध सामाग्रीहरु जस्तै चिनी, कागती, तिते करेला, नुन पानी आदिको स्वाद लिन पठाई गुलियो, अमिलो, तितो, नुनिलो स्वाद सहित नाम सिकाउने ।
छाला (छोएर) – वस्तुको आकार, रङ्ग, जात, कडा, नरम वस्तुलाई छोएर छुट्ट्याउने । जस्तै………..
कडा – ढुङ्गा, नरम – कपास आदि ।
यी जति पनि विधि र सामाग्रीहरु घरमा नै उपलब्ध हुने वस्तु बारे चर्चा गरिएको छ । तर हामीले एकै दिन नभई प्रत्यक दिन एउटा–एउटा गरेर सिकाउन सक्छौं । यसरी सिकाउँदा एउटा सिकाईबाट बालबालिकाहरुले अन्य थुप्रै कुरा सिकिरहेका हुन्छन् । यस विधिबाट बालबालिकाहरु सिर्जनसिल हुन मद्घत पुग्दछ । यसका अलावा मण्टेश्वरी विद्यालयमा सिकाइने थुप्रै कुराहरु यहाँ समेटिएको छैन् ।
यसका साथै मांसपेशी विकाशका लागि बिभिन्न खेलकुद गराउन सकिन्छ । यी संगै माथि उल्लेखित एीभ् का अभ्यासहरुबाट साना बालबालिकाहरुका हातका औंलाहरुको विकाश भई पछि लेख्नका लागि सिसाकलम साथै कलम समाउन सहयोग पुगिराखेको हुन्छ ।
अन्त्यमा हामीले घरमा यति मात्रै गराउन सके बालबालिकाहरुमा धैर्यता, कल्पना, एकाग्रता र सोच्ने बानीको विकाश भएर जाने कुरामा दुई मत छैन ।
“लकडाउनको पुर्ण पालना गर्दै घरमै बसौं, शारिरीक एवं भौतिक दुरी कायम राख्दै आफु, आफ्नो परिवार अनि समाज सुरक्षित राख्ने गहन जिम्मेवारी वहन गर्दै कोभिड–१९ लाई सामाजिक रुपमै परास्त गरौं”










