हार्दिक श्रद्धाञ्जली : आर्य आक्रमण सिद्धान्त (भाग-१)

सुशील गौतम
सरकारले विद्यालय तहमा संस्कृतलगायत २६ वटा भाषा ऐच्छिक विषयको रूपमा पठनपाठन गराउन पाठ्यक्रम तयार गरेको छ। यस्तो समाचार सार्वजनिक भए लगत्तै विभिन्न ढंगबाट यसको चर्चा सुरू भएको छ ।

एकथरी भन्छन्, ‘संस्कृत भाषा ऐच्छिक होइन, अनिवार्य बनाउनुपर्छ। अर्काथरी भन्छन्, ‘संस्कृत युरोपको ककेसियाबाट आएकाले लादेको भाषा हुँदा नेपालमा पठनपाठन गराईनु हुँदैन।’
नेपालमा १२९ वटा भाषा छन्। सबै भाषाको संरक्षण, संवर्धन र प्रवर्धन हुनुपर्छ। यसमा दुई मत छैन। सरकारले नेपालका भाषाको संरक्षण गर्ने उद्देश्यले ल्याएको संस्कृतलगायत अन्य २६ वटा भाषालाई ऐच्छिक विषयको रुपमा विद्यालयमा प्रवेश गराउने कदम स्वागतयोग्य छ।

नेपालको संविधान २०७२ को धारा ७ को उपधारा १ मा पनि देवानागिरी लिपिमा लेखिएको नेपाली भाषालाई सरकारी काम चलाउको भाषा मानिएको र नेपालका १२९ वटा भाषिक समूदायलाई जोड्ने काम नेपाली भाषाले गरेको हुँदा नेपाली भाषालाई सम्पर्क भाषा रुपमा विद्यालयमा अनिवार्य पठनपाठन गराउनु स्वाभाविक हो। तर संस्कृत भाषालाई विद्यालयमा अनिवार्य गरिनुपर्ने माग गर्नु अर्को अतिवादी सोँच हुन जान्छ।

सामाजिक सञ्जालमा पुरा समाचार नै नपढी प्रतिक्रिया दिन हतार गर्नेको जमात देख्दा इन्टरनेट जस्तो अभूतपूर्व प्रविधिको अझै पनि सदुपयोग हुन नसकेको भान पर्छ। एउटा, संस्कृत भनेको युरोपको ककेसियाबाट आएकाले ल्याएको भाषा हो भनेर कमेन्ट गरिदिन्छ अरूले बुझ्दै नबुझी बाझाबाझमा उत्रिहाल्छन्। त्यसरी कमेन्ट गर्ने घृणा र विभाजन ल्याउन नियोजित रूपमा परिचालित हुनसक्छ भन्ने कुराको हेक्का राख्नेको कमि देखिन्छ।

जातीय घृणा र द्वन्द्वको कुरा आउँदा प्राय: रूवाण्डाको घटना दोहोर्‍याएर हेर्नुपर्ने हुन्छ। हुतु र तुत्सीबीच भएको १०० दिनको जातीय हिंसामा करिब १० लाख मारिएका थिए। जातीय द्वन्द्व एकै दिन सुरु भएको थिएन। सात सय वर्षदेखि सामाजिक अन्तरघुलन भएको रुवाण्डली समाज बेल्जियन र फ्रेन्चहरुले एउटा एउटा जातिलाई काखी च्याप्ने र धर्म परिवर्तन गराउने कार्यले विभाजित बनेको थियो।

आरटीएलएम जस्ता रेडियोले नियमित रुपमा जातीय घृणा फैलाउँदा फैलाउँदा अन्तमा जातीय नरसंहार हुनपुगेको थियो।
तत्कालिन रूवान्डाको आरटिएलएम रेडियोमा जस्तै हाल सामाजिक सञ्जालमा एउटा जात बिरुद्ध अर्को जातले घृणा ओकलिरहेको देखिन्छ। कतै रुवान्डाकै नियति नेपालमा दोहोर्‍याउने प्रपञ्च त हुँदै छैन?

कतिपय पढेलेखेका भन्नेलेसमेत संस्कृत भाषा र वैदिक संस्कृति युरोपको ककेसिया भन्ने ठाउँबाट आएका ‘आर्य’ नश्लका मानिसहरुले ल्याएर लादेका हुन् भन्दा पत्याउनेको जमात नेपालमा तयार भइसकेको छ।

छिमेकी राष्ट्र इन्डियामा यही भनाई दोहोर्‍याएर बेलायतीको शासनलाई ‘स्वाभाविक’ बनाउने प्रयास गरिएको थियो। यसैलाई दोहोर्‍याएर दक्षिण इण्डियामा द्रभिड विरुद्ध ‘आर्य’ अनि उत्तर इण्डियामा उच्च जाति ‘आर्य’ विरुद्ध दलित भन्दै विभाजनको रेखा कोरिएको छ। दलितको लागि दलित्स्तान र द्रभिडको लागि द्रभिद्स्तानको वकालत त गर्ने नै भए।

डिभाईड एण्ड रुल गर्न खप्पिस खेलाडीले फालेको आर्य आक्रमण सिद्धान्तमा त्यहाँ त हो’मा’हो मिलाउने जमात तयार गरिसकेर अब नेपाल पनि प्रवेश गरेको छ। नेपालमा त झन् राजनीतिक दलहरुप्रतिको चरम नैराश्यताले विदेशीले फालेको आर्य आक्रमण सिद्धान्तको जालो कसरी जेलिने हो, हेर्ने बाँकी छ।
के हो आर्य आक्रमण सिद्धान्त?

‘आज भन्दा ३५ सयदेखि ४ हजार वर्ष अगाडि युरोपको ककेसियाबाट आर्यहरू आएर इन्डिया र पाकिस्तानको बीचमा रहेको सिन्धुघाटी सभ्यतामाथि आक्रमण गरे। त्यहाँको सभ्यता मासेर वैदिक संस्कृति र संस्कृत भाषा लादे’, यो आर्य आक्रमण सिद्धान्त हो।

यो श्वेतहरुले आफ्नो नश्लीय उच्चता देखाउन र बेलायती साम्राज्यबाट स्वतन्त्र चाहनेहरुको नैतिक बल गिराउन गरिएको हावादारी कुरा हो भन्ने कुरा धार्मिक ग्रन्थमा आधारित प्रमाण, ऐतिहासिक स्थलहरुको उत्खनन्, नदीमा आधारित प्रमाण र आनुवांशिक (डिएनए) संरचनाको अध्ययनले प्रमाणित गरिसकेको छ।

आर्य भनेको कुनै नश्ल होइन। आर्य गुणवाचक शब्द हो। अंग्रेजीमा जेन्टलम्यान भने जस्तै संस्कृतमा ‘आर्य’ भनिन्छ। युगद्रष्टा डा निर्मलमणि अधिकारीका अनुसार सन् १८६६ अप्रिल ९ मा भएको इसाई पादरीहरुको रोयल एसियाटिक सोसाइटीको भेलाले आर्य शब्दलाई नश्लवाचक शब्द बनाएको थियो।

आर्य शब्दलाई नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरो वर्णको मानिस हो भनेर उक्त भेलाले निर्णय गरेको थियो। जब कि, इन्डियाका संविधानका निर्माता भिमराव रामजी अम्बेडकरले ऋग्वेदका पाना पाना पढेर गणना गर्दा ३१ स्थान आर्य शब्द प्रयोग भएको पाए र सबै ठाउँ गुणवाचक जनाउन मात्र प्रयोग भएको पाए। गुणवाचक आर्य शब्दलाई नाक चुच्चो, विस्फारित आँखा भएको गहुँ गोरो मानिस भन्ने अर्थ लगाएपछि हिन्दु धर्मग्रन्थमा भनिएको ‘कृण्वन्तो विश्‍वमार्यम्।’ (ऋग्वेद ९।६३।५) को अर्थ विश्वका सारा मानिसलाई गुण, स्वभाव र कर्मले सर्वश्रेष्ठ बनाउ भन्ने उद्गारले ‘विश्वका सारा मानिसहरुलाई नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरो बनाउ भन्ने अर्थ लाग्ने भयो। त्यस्तै गौतम बुद्धले दिनुभएको ‘आर्य आष्टांगिक मार्ग’ को अर्थ नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरोको आठ मार्ग भन्ने अर्थ लाग्ने भयो।

गुणवाचक शब्दलाई नश्लवाचक शब्द बनाएर वैदिक संस्कृति र बौद्ध संस्कृतिमा एकसाथ हमला गरेका रोयल एसियाटिक पादरीहरु त्यतिमै सिमित रहेनन्। एसियाटिक सोसाईटी अफ बङ्गालका संस्थापक विलियम जोन्सले आर्य आक्रमण सिद्धान्तको प्रतिपादन गरे।

आर्य आक्रमण ३५ सयदेखि ४ हजार वर्षको बीचमा भएको थियो भन्नु पछाडि एउटा हाँस्यास्पद कारण छ। विलियम जोन्स लगायत तत्कालिन बेलायती पादरी र खोजकर्ताहरु पृथ्वी छ हजार वर्ष अगाडि निर्माण भएको भन्ने कुरामा विश्वास गर्थे। बाईबलमा उल्लेखित नोहाज फ्लड अर्थात नोहाको बाढी ४५ सय वर्ष अगाडि भएको भन्ने मान्थे। वैदिक ग्रन्थ गौतम बुद्धभन्दा अगाडिको हो र गौतम बुद्ध यशु क्रिस्ट भन्दा ५ सय वर्ष

प्रतिक्रिया