डिल्ली राज गिरी : समाजलाई अध्ययन गर्दै जाने क्रममा,समाजको मुलभुत पक्षलाई स्विकार्नु पर्ने जटिलता र सामाजिक अन्तर सम्बन्धको वास्तविक यथार्थता संग बाच्नु पर्ने हामी मानव समाजका निम्ति एउटा चुनौती जस्तै हो।समाजमा धेरै खालका विभेदहरु व्याप्त छन, तर पनि मैले रगत र भावनात्मक अन्तर सम्बन्ध बीचमा केही बिचार प्रस्तुत गर्दै छु।
मानव समाजको उत्पत्तिसंगै सामाजिक अन्तर सम्बन्धनै मानव समाजको प्रमुख सामाजिक यथार्थता हो भन्ने मेरो बुझाइ हो। जब मानवहरु सभ्यता निर्माणको एउटा महान विकासक्रम सम्म आइपुगे,त्यसपछि मात्र मानिसले समाजलाई बुझ्ने अवसर प्राप्त गरे् भने अर्को तिर बंश बिकासको क्रम पनि तीब्रगतिमा सुरुवात भयो।
जब बंश बिकासको क्रम सुरुभयो तब मात्र रगतको सम्बन्ध स्थापित हुन पुग्यो। जब मानवसमाज बिकासको एउटा चरण सम्म आइपुग्यो् , त्यसपछि एउटा दर्शनको बिकास भयो जसले भावनात्मक सम्बन्धलाई स्थापित गर्यो। त्यसैले मेरो बुझाइमा रगत र भावना को सम्बन्ध एक अर्कामा अन्तर निहित छ। या भनौं पुरक छ।
सन्दर्भ मेरो समाज प्रती समर्पित छ। म संग रगतको सम्बन्धबाट मेरो आफ्नो परिवार छ। जसलाई म असाध्यै माया गर्छु,साथै परिवार बिकासको निम्ति जस्तोसुकै चुनौतीको सामना गर्न सक्छु,भने अर्कोतिर भावनात्मक सम्बन्धबाट स्थापित हाम्रो समाज छ,जसलाई त्यो भन्दापनि धेरै माया गर्छु,साथै समाज बिकासको लागि केहि योगदान दिन सकियोस् । किनकि मैले रगत र भावनाको सम्बन्धलाई एक अर्कामा अन्तर निहित भनेर बुझेको छु।
मेरो समाज तथा समाजमा बस्ने मानिसहरु : तिमीहरु पनि हाम्रो समाजमै हुर्के,बढेका जिवित जीव हौ।तिमीहरू ले समाजलाई एउटा शिक्षा दिएर जानु पर्छु,जसले गर्दा तिमीहरूको सामाजिक आवश्यकता परिपुर्ति गरिदिने छ। तिमीहरुले नि रगत र भावनाको सम्बन्धलाई एक अर्कामा अन्तर निहित छ भन्ने कुरा बुझाइ दिनु पर्छ।
जसले गर्दा रगत र भावनाको सम्बन्धमा कुनै फरक छैन भन्ने प्रमाणित होस। साथै समाजमा व्याप्त धेरै विभेदको अन्त गर्न सकोस्। तपाईहरु को उज्ज्वल भविस्यको कामना गर्दछु। समाजमा हुने सबैखाले विभेदको अन्त गर्न आफ्नो स्थानबाट सहयोग गर्नुहोस् साथै एउटा सफल नागरिक बनेर देखाउन र समाजको रुपान्तरण गर्न सक्षम हुनु भनी अग्रिम शुभकामना भन्न चाहान्छु।










