प्रिय राजा तिमी फ्रेम भएका छौ (कविता)
र त फ्रेम चियाइरहन्छौँ
भित्तामा झुन्डाइएको ।
अब तिमी सम्झनामा ।
मिठो तिर्सना भएका छौ ।
तिमी सम्झनाका
फ्रेम भएका छौ ।
तिमी नहुँदाको अभाव
बाँचिरहेका छौँ भन्ने आभाष ।
सदा रहने छ।
प्रिय राजा,
तिमी फ्रेम भएका छौ ।
हृदयभित्र सजिरहने।
बाँची नै रहने।
– अमृत भान्जाभाई










