स्वाभिमान तथा स्वाधीनता समाप्तिको दस्ता हो एमसीसी

डिल्ली राज गिरी : समयको गतिले हामीलाई यतिखेर केन्द्रीकृत बनाएको छ। अहिले हामीले सबै काम गर्दा पनि एकता भएर गर्नु पर्छ भन्ने कुराको पाठ सिक्दै छौ। खासगरी कोरोना महामारी पश्चात् हामीले यस्तो बानीको बिकास गर्दै गरिरहेका छौ।

यो एउटा मानव समाजको निम्ति सुखद लक्षण हो। यसलाई हामीले अझ विकसित गर्दै लानु पर्छ। दोस्रो कुरा हामी केही हदसम्म लचिलो भएका छौ। किनकि कतै हामी महामारीको सिकार भयौं भने,हामीले गरेका सबै कामहरु फजुल हुने छन्। त्यो मानसिकता बाट हामी गुज्रिरहेका छौ। र केहि हदसम्म सत्य पनि हुनसक्छ। तर सबै कुरा त्यो दिसामा जादैन। किनकि पृथ्वीको उत्त्पति संगै मानव समाजले यो भन्दा ठुला ठुला महामारीको सामना गरिसकेको छ।

खासगरी यहाँ नेर चर्चा गर्न खोजिएको विषय अलि फरक ढंगको छ। विशेषत नेपाली समाज अलि बढी आयातित चिजहरु को देखासिखी गर्छ। त्यो किन भन्ने सवालमा अहिले जान चाहन्न,किनकि त्यसका धेरै कारणहरु छन। अब हामीले नेपाली समाज कुनैपनि आयातित चिजको देखासिखी गर्दैन भन्ने कुरालाई व्यबहारत प्रमाणित गर्नु पर्ने जिम्मेवारी हाम्रा अगाडि ठुलो चुनौती बनेर खडा भएको छ।

महामारीको पृष्ठभूमिमा हामीलाई केही घटनाक्रमले गिज्यायो,भने केही घटनाक्रमले जिम्मेवारीबोध गरायो। केहि यस्ता घटनाक्रम हरु पनि विकसित भए,जसले नेपाली समाजको गुणस्तरमा नै प्रश्न चिन्ह खडा गर्यो। जुन कारणले घटनाक्रमहरु विकसित भएपनि, केहि घटनाक्रमले दीर्घकालीन महत्त्व को रूपमा विकसित भयो र नेपाली समाजलाई एकपटक सोच्न बाध्य बनायो।

खासगरी अमेरिकी सहयोग नियोग MCC र कालापानी प्रकरण हाम्रा लागी दीर्घकालीन महत्त्वका विषय थिए र छन। कालापानी प्रकरणमा नेपालको जुन अडान रहयो,त्यो इतिहासकै सम्झना लायक घटना बन्न पुग्यो। नेपाललाई सधै आफ्नो चङुलमा राख्न चाहने,अनि त्यही प्रभावबाट नेपाली भुमि अतिक्रमण गर्ने भारतीय योजनामा हदैसम्मको ब्रेक लगायो।

सम्पुर्ण नेपालीहरु को एकताको प्रभावले नेपाल सरकारले राजनैतिक तथा प्रशासनिक नक्सा प्रकाशित गर्यो र त्यो संविधान संसोधनको बाटो हुदै पुर्णता पाउने प्रक्रियामा छ। त्यस प्रक्रियामा कुनै तलमाथि नहोस् भन्नको लागि हाम्रो खबरदारी जरुरी छ। लिम्पियाधुरा,लिपुलेख कालापानी हाम्रो जमिन हो र हाम्रो रहने छ।

अब हामी संग रहेको अर्को घटना अमेरिकी सहयोग नियोग MCC को चर्चा परी चर्चा संगै नेपाली राजनीति दुई धारमा विकसित भएको छ। आम नागरिकको तर्फबाट यो अमेरिकी सहयोग लिन नहुनेमा जोड छ,भने नेपाल सरकार तथा केहि राजनैतिक शक्तिहरु यसलाई लिएर अगाडि जानुपर्छ भन्नेमा रहेको देखिन्छ। अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो,भने अमेरिकी सहयोग कै कारणले धेरै देशहरु तहसनहस भएको स्थित छ।

केहि देशहरु अमेरिका को उपनिवेश हुन बाध्य छन। आर्थिक सहयोग संगै आउने सैनिकीकरण जसले हाम्रो राष्ट्रियता,सार्वभौमिकता,स्वाभिमानलाई पुरै च्युत गर्ने कुरामा कुनै दुईमत छैन। भविस्यमा हामीले आफ्नो देशमा आफ्नै परिभाषा खोज्नु पर्ने स्थितको बिकास हुनसक्छ। त्यो हाम्रा लागि निकै कठिन अवस्था हो। त्यसकारण देशको अस्तित्व माथि समस्या आउने खालका कुनैपनि राष्ट्रघात नेपाल सरकार तथा कुनैपनि राजनैतिक दलबाट नहोस्।

बिश्वमा कैयौं यस्ता देशहरु पनि छन,जसले कुनैपनि अन्तर्राष्ट्रिय सहयोग बिना देश लाई बिकास गर्न सक्षम भएका छन। सधै परनिर्भर हुने हाम्रो आर्थिक नीतिमा आमूल परिवर्तन हुन जरुरी छ। उत्पादनको दायरा बढाउदै,दैनिकी उपभोग्य बस्तुको आयातलाई न्यूनीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रको बिकास गर्नु पर्ने अबस्थामा खासगरी सरकार अमेरिकी सहयोग नियोग MCC लाई भित्र्याउने अन्तिम तयारीमा जुटेको देखिन्छ। यो अतिनै दुःखद् पक्ष हो। खासगरी अहिलेको अबस्थासम्म आइपुग्दा नेपाल सरकार तथा प्रधानमन्त्रीलाई MCC विरुद्धको स्पष्ट जनादेश प्राप्त छ। MCC विरुद्धको जनादेशलाई सम्मान गर्न नेपाल सरकारलाई आग्रह छ।

आगामी दिनमा राष्ट्रिय एकता कायम गर्दै कथित देशद्रोही सम्झौताहरु नेपाल सरकारबाट हुने छैन,भन्ने कुरामा आम नेपाली आशावादी छन। अन्तर्राष्ट्रिय स्तरमा कालापानी प्रकरणमा हाम्रो उचाई जसरी कायम भएको छ,त्यसरी नै हामीले अमेरिकी सहयोग नियोग MCC फिर्ता पठाउनु पर्छ र हामीले पटकपटक बिश्वलाई देखाउनु पर्छ,नेपालीहरु आफैमा सक्षम छन।

साथै अस्ताउनै लागेको हाम्रो सान,पुर्खाले आर्जेको हाम्रो स्वाभिमान लाई पटकपटक अझ जाेडदार ढंगले बिश्व समुदायका सामु कायम राखौं। अरु संग आस्रित हैन आफ्नो मेहनतले आर्जेको खानु नै हामी नेपालीको विशेषता हो।

प्रतिक्रिया