कक्षा ११ र १२ को परीक्षा कहिले ? यस्तो छ सरकारको तयारी

काठमाडौैं । कोरोनाभाइरसको महामारीका कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित बन्दै गएको छ । परीक्षाको पूर्वसन्ध्या गरिएको लकडाउनका कारण कक्षा ११ र १२का परीक्षार्थी अन्योलमा परेका छन् । 

हालै सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई)को यस वर्षको परीक्षा नलिइने र आन्तरिक मुल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईईको टुंगो लागे पनि कक्षा ११ र १२ को परीक्षाकोबारे केही तय भइसकेको छैन ।

कक्षा ११ र १२ को परीक्षा कहिले हुने भन्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । तर, परीक्षा लिने भन्ने विषयमा भने मन्त्रालय स्पष्ट रहेकाले कोरोनाभाइरसको महामारीमा कमि आउउने वित्तिकै परीक्षा लिने तयारी भने गरेको छ । 

प्रतिक्रिया