नबिन पौडेल
पश्चिम जाजरकोटमा जुन घटना घट्यो त्यो अतिनै निन्दनीय तथा क्रुर घटना हो ! यो घटनासग जोडिएका र यस्तै घटना फेरी पनि भबिष्यमा नहोला भन्न सकिने अबस्था भने छैन | हुन त अपराधिक मानसिकता भएका मानिसहरुको कुनै जात, धर्म र लिङ्ग हुदैन भनिन्छ तर पनि मानिस किन त्यस्तो निच अबस्थामा पुगेर यस्ता अपराधहरु गरिरहेका हुन्छन भन्ने कुराको सहि विश्लेषण वा मनोबैज्ञानिक तवरले निस्कर्ष निकाल्न सकिएको अबस्था छैन |
माथि उल्लेखित घटनामा संग्लग्न दोषीहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको हुनाले यो घटनाको विषयमा ज्यादा विश्लेषण गर्नु भन्दा पनि उक्त घटनाबाट हाम्रा कल्कलाउदा टिनेजर भाइ बहिनीहरुले के पाठ सिक्ने भन्ने कुराले चै धेरैनै महत्व राख्छ| हाम्रो समाज अझैँ पनि पूर्ण रुपमा बिकसित र शिक्षित भैसकेको छैन भने गाउँसामजमा अझैँ पनि छुवा छुतको आंशिक प्रभाब देखिन्छ|
यहाँ कुरा जात -भातको मात्रै नगरौ समग्रमा हाम्रो समाज कहाँ छ र हामि कसरि मानसिक रुपमा नै बिकसित हुने भन्ने कुराले स्थान पाउन सकिरहेको छैन भने हाम्रा बाल-बच्चाहरु पनि पश्चिमा सैलिको जिबनयापनलाइ अपनाउन उत्साहित हुदै गएको तथ्य छ | अर्को तिर सामाजिक संजालले हामि लगाएत हाम्रा कलिला नानीहरुलाइ माकुराको जालोले झैँ घेरी सकेको अबस्था छ |गएको वर्ष (सन् २०१९) बेलायतको एक विश्व बिद्यालयले गरेको सर्वेक्षणलाई आधार मान्ने हो भने विश्वका ९० प्रतिसत मानिसहरु सामाजिक संजालमा जोडिएका छन र प्रेत्येक १०० मा ५ जना सामाजिक संजालको सिकार बन्न पुगेको तथ्य छ |
अब कुरा गरौ हाम्रा अबिभाबक र नानिहरुको, हरेक अबिभाबकहरुले आफ्नो छोराछोरी सहि दिसा-निर्देशमा पाइला राखेको रुचाउनु स्वाभाविकै हो , कतिपय अविभावकहरु समय व्यस्तताको कारणले वा अन्य कुनै कारणले आफ्ना सन्तानलाइ समय दिन सकिरहेका हुदैनन् भने केहि अविभावकहरु आफ्ना सन्तानको जायज माग तथा समस्यालाइ परिपूर्ति गर्न सकीरहेका हुदैन ! आज हाम्रो जस्तो औसत सिक्षित समाजमा आजै पनि अविभावक र सन्तान बीचको दुरी कायमै छ जहा हामि खुलेर एक अर्काको भावना वा चाहनालाई बुझ्ने कोसिस गर्न सकी रहेका छैनौ |
हरेक हुनेखाने अविभावकहरुका बाल-बच्चाको हातमा स्मार्ट फोन त हुनेनै भयो, मध्यम तथा तल्लो बर्गका बाल-बच्चाहरुका हातमा पनि जसो तसो गरेर आजकल स्मार्ट फोन प्रसस्त देख्न सकिन्छ र यसलाई हामीले नकारात्मक रुपले मात्रै हेर्नु हुदैन तर यसको सदुपयोग कहा र कसरि गर्ने भन्ने कुराको चाहि हामीले हाम्रा नानिहरुलाई सिकाउनु र अनुगमन गर्नु चै अत्यन्तै जरुरत छ |
सामाजिक संजाल फेसबुक, इन्स्टा, टिकटकको बड्दो लोकप्रियताका साथसाथै यसमा हुनेगरेका हरेक गतिबिधिहरुले हाम्रो जिबनमा प्रत्यक्छ्य प्रभाब पारिनै रहेको हुन्छ | सामाजिक संजाललाइ हामीले दुवै तरिकाबाट (सकारात्मक र नकारात्मक) हेर्नु पर्ने हुन्छ र यसलाई कसरि मर्यादित बनाउने भनें कुरा चै हरेक प्रयोगकर्तामानै निर्भर रहने हुदा हामीले हाम्रा नानिहरुले प्रयोग गर्ने प्रत्येक सामाजिक संजाल हरुको निगरानी राख्नु पर्छ | समाजमा भएका राम्रा वा नराम्रा कुराहरु छ्यणभरमै संसारभरि फैलाउन मदत गरेको सामाजिक संजालमा कतै हाम्रा नानी हरु नराम्रो कुलतमा त परेका छैनन ? स्वयम् आफै वा कसैले हाम्रा नानीहरुलाइ सामाजिक संजालको सिकार त बनाइरहेका छैनन् भन्ने कुराको निगरानी राख्न सक्नु निकै नै चुनौती भएको छ |
कल्कलाउदो उमेर अनि कलिलो मन तथा कुन कुराले कस्तो प्रभाब पर्छ वा उक्त कुराले समाजमा कुन स्थान पाउछ भन्ने कुराको अल्पज्ञान भएका हाम्रा नानीहरुलाइ कसरि सामाजिक संजालको प्रयोग गर्ने भन्ने कुराको ज्ञान हामी अबिभाबकहरुले समय समयमा आफ्ना नानीहरुलाई प्रधान गर्दै गर्नु पर्ने देखिन्छ साथै बेला मौकामा नानीहरुको प्रोफाइल, मेसेज अनि फोन कलहरु पनि निगरानीमा राख्नुपर्छ |
आज हामि जति आनन्द डिजिटल दुनियाको लिरहेका छौ, त्यतिनै डिजिटलको सिकार पनि भैरहेको छौ | त्यसैले सम्पुर्णु अभिभाबकहरुले आफ्ना नानीहरुको दैनिकी, उनीहरुले प्रत्येक दिन गर्ने ब्यबहार, खानपिनमा परिवर्तनको माग, कस्ता किसिमका साथिभाइ सग संगत गरि रहेका छन, साथिहरुसग घुम्म्न गएकोठाउ, समय, सामाजिक संजालमा पोस्ट गरेका स्टाटसहरुको अबलोकन गरि उनीहरु माथि निगरानी राख्न्न अत्यन्तै जरुरत छ नत्र रुकुम-जाजरकोट तपाइँ हाम्रो समाजमा नदोहोरिएला भन्न सकिदैन |
भर्खरै हाइस्कुल वा कलेजमा पाइला राख्दै गरेका कल्कलाउदा किसोर किसोरी हरुमा एकअर्का प्रति आकर्सण हुनु स्वाभाविकै हो तर आकर्सण हुनु स्वाभाविकै हो भन्दैमा समाजलाइनै चुनैती दिने खालका ब्यबहारहरु आजकल प्रसस्तै देखिने गरेका छन र कतिपय ब्यबहारको आनैतिक परिणामले सिंगो समाजलाइनै अंकित गर्ने कार्यलाइ पनि सामाजिक संजालले बढुवा दिएको छ |
अधिकांस टिनेजरहरु आफ्नो भबिष्यको चिन्तन भन्दा पनि सिनेमामा देखाइएका माया-प्रेमका काल्पनिक कहानी हेरेर आफ्नो मायालाई पनि त्यहि ढाचामा परिणत गराउन समय खर्चिने गरेको पाइएको छ| आफ्नो लाइफ पार्टनर चुन्ने अधिकार सबै नागरिकलाइ संबिधानले नै सु-निशित गरिदिएको छ तर यो गरिदिएको छ भन्दैमा उमेर नै नपुगी आला-काचैमा मायामा फस्ने, सामाजिक संजालबाट नजिकिने, पडाइमा ध्यान कम एक अर्का प्रति समय धेरै खेर्चिने र जब सम्बन्धमा विभिन्न किसिमका समस्याहरु आउछन अनि सामाजिक संजालको दुरुप्रयोग गरि दुवै पक्ष्यबाट चरित्र हत्याका साथौ असोचनीय कदम सम्म उठाउने प्रबिधिको हाबी हुदै गएको छ |
माया पाए हिरो नपाए फिल्मी सैलिमा अकल्पनीय घटना घटाउने सम्म गरेको पाइन्छ र यसको ज्वलन्त उदाहरण हालै मात्र बिराटनगरमा स्वेता पोख्रेल माथि भएको घटनालाई हेर्न सकिन्छ ! स्वेताको स्वर्गमा बास होस तर उनको कल्कलाउदो उमेर अनि अझ धेरै मायामा रमाउने दिनहरु भने सामाजिक संजालको सिकार बाट समाप्त भएको छ |
त्यसैले हाम्रा कल्कलाउदा भाइ बहिनिहरुले पनि आफुले माया गरेको वा मायाका जालहरु बुन्दै गरेका सम्बन्ध हरुल्लाई गम्बिरताका साथ मनन गर्न अत्यन्तै जरुरत छ ! चरित्र हत्यामा वा कुनैपनि किसिमका अप्रिय घटना घटाउनमा महिला भन्दा पुरुसहरु निकैनै उत्साहित र जिद्धि स्वाभाबका हुने भएकाले पनि यसको सिकार महिला हरुनै बडि हुने गरेकाछन ! यो देहत्याग हुनमा सामाजिक संजालको दुरुपयोग गरि मृतक स्वेताको चरित्र हत्या गरि उनलाई घटना घटाउन दुरुत्साहन गर्ने उनका प्रेमीलाइ हदै सम्मको कारबाहि होस!
तसर्थ, सम्पुर्ण टिनेजर भाइ बहिनीहरुले सामाजिक संजालको प्रयोग गर्दा आफु सुरक्षीत कसरि रहन सकिन्छ र यसलाई कसरि मर्यादित बनाउने भन्ने बारे सोच्न अत्यन्तै जरुरत देखिन्छ भने छ्यणिक आकर्सण वा इमोसनमा आइ कसैलाइ मन पराउन थाल्नु भएको छ भने उक्त रिलेसनले मलाई कहाँ पुर्याउछ अनि म यस रिलेसनलाइ उचित तथा मर्यादित ढंगले अघाल्न सक्छु कि सक्दिन, म कुन समाज र परिवारबाट प्रतिनिधित्व छु र यो सम्बन्धलाइ मेरो समाज र परिवारले भबिष्यमा कसरि हेर्छ भन्ने कुराको ज्ञान राख्न्न अत्यन्तै महत्व पुर्णछ |
यदि हजुरहरु साचैनै एक अर्कालाई माया गर्नुहुन्छ भेन सम्बन्धको सुरुवाती दिन देखिनै आ-आफ्नो परिवार सग सल्लाह गरि परिवारले दिएको सल्लाह सुझाबलाइ आपनाइ भबिष्यलाइ सुनौलो बनाउन सक्नु हुने छ यधपी तपाइँ हरुले गर्नु भएको अपरिपक्वताको अन्तिम नतिजाले तपाइँ स्वयम्, परिवार र सिंगो सुमुदायानै अफ्ठ्यारोमा नपरोस |
अन्तमा सामाजिक संजालको उचित सदुपयोग गरौ / गराउ, कल्कलाउदा नानीहरु आभेग वा भावनामा डुबुल्की मारेर माया पिरतीका सम्बन्ध गास्नु भन्दा पैला सोचौ! आफु, परिवार र समुदायको सदैब सम्मान गरौ, आफ्नो मनमा भएका कुनै पनि कुराहरु परिवारका सदश्यहरु सग सर-सल्लहा गरौ, परिवारको सल्लाह सुझाबलाइ बेवास्ता नगरौ, आफ्नो पडाइ र भबिष्य प्रति चिन्तित भै भबिष्यको मार्गदर्सन प्रति जिम्मेवार बनौ र अभिभाबक हरुले पनि आफ्ना नानिहरुको प्रत्येक गतिबिधिहरु माथि निगरानी राखी उनीहरुको जायज चाहानाहरुलाइ समय सापेक्छित सम्बोधन गर्ने कोसिस गरौ! सभ्य, संयम र उदारणिय समाजको स्थापना गरौ |










