खजुरा गाउँपालिका वडा नम्बर चारमा रहेका सामुदायिक विद्यालयहरुमा अग्रेजी माध्यमबाट पढाउनका लागी वडाले विशेष जोड दिइएको छ । अग्रेजी माध्ययमले गर्दा निजि विद्यालयहरुमा अभिभावक र विद्यार्थीको ध्यान केन्द्रीत भएपछि सरकारी विद्यालयहरुको प्रभावकारी र दिगोपनाका लागी चार वटै विद्यालयहरुमा नर्सरी कक्षाका पढाइमा अग्रेजी माध्ययमलाई जोेड दिइएको हो ।
वडा नं. ४ मा रहेका श्री आर्दश आधारभुत विद्यालय डि गाउँ, श्री मनकामना आधारभुत विद्यालय ई गाउँ, श्री अम्बेमाता प्रा.वि. वुद्धपुर र श्री जनकल्याण मावि एफ गाउँ विद्यालयहरुमा अग्रेजी माध्ययमवाट नर्सरी कक्षा पढाउन सुरु गरिएको हो । वडा अध्यक्ष तिलक विर सुनारले शिक्षामा सुधार ल्याउन र पढाईलाइ प्रभावकारी वनाउनका लागी प्रत्येक विद्यालयमा नर्सरी कक्षा सुरु गराईएको बताउनुभयो ।
प्रत्येक विद्यालयलाइ अग्रेजी माध्ययमवाट नर्सरी कक्षा सञ्चालन गर्नका लागि हरेक आर्थिक वर्षमा बजेट विनियोजन गरिदै आइएको छ । यस आर्थिक वर्षका लागी शिक्षक व्यवस्थापन अन्तरगत वर्ष भरिको १ लाख १० हजारका दरले वजेट छुट्याइएको वडाध्यक्ष सुनारले बताउनुभयो । जग बलियो भए मात्रै घर बलियो हुन्छ भने जस्तै बालबालिकालाई तल्लो तहबाटै अग्रेजी सिकाए उनीहरु मजबुत हुने उहाँको बुझाई छ ।
नर्सरी कक्षामा अग्रेजी माध्ययमवाट पढाइ भए नभएको र प्रभावकारीताको अनुगमन र मुल्याङ्गन गरि आगामी आर्थिक वर्षमा पनि प्रभावकारी भएका विद्यालयहरुमा पुनः अग्रेजी माध्ययमा सञ्चालनका लागी बजेट छुट्याइ काम गर्ने अध्यक्ष सुनारले बताउनुभयो । डि गाउँमा रहेको श्री आर्दश आधारभुत विद्यालयमा श्रोत कक्षामा अध्यापन गराउने एक जना बहिरा शिक्षकलाई पनि अध्यापनका लागि वडाले नै बजेट छुट्याएको छ ।
बहिरा बालबालिकाहरुलाई शिक्षामा प्रभावकारीता र दिगोपना बनाउनका लागी र शिक्षा बाट बन्चित नहुन र शिक्षकलाई पनि हौसला होस भन्ने उद्देश्यले बहिरा शिक्षकको व्यवस्थापनका लागी वजेट छुट्याइएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । बहिरा स्रोत कक्षामा अहिले ३३ जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । सोही विद्यालयमा बहिरा श्रोत कक्षालाइ थप व्यवस्थीत बनाउनका लागी दुई कोठे भवन पनि निमार्ण गरिएको छ । सारा विश्व अहिले कोरोना भाइरसको जोखिममा रहेको छ ।
हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाइरसको जोखिमबाट बचाउनका लागी देश नै लामो समयसम्म लडाउनमा रहन परेको थियो । यस विषम परिस्थितीको सामना खजुरा गाउँपालीका वडा नं. ४ ले पनि गरेको छ । यस वडामा रहेका ४ वटै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरि विदेशबाट आउने दाजुभाइलाई शुरक्षित तवरले राख्ने काम गरिएको थियो ।
विषम अवस्थामा सरकारी विद्यालयका भवनहरु काम आएका छन् । क्वारेन्टाइन राखे पछि विद्यालयको व्यवस्थापन पक्ष सुधारिएको वडा सचिव सुरेश खड्काले जानकारी दिनुभयो । विद्यालयका कोठाहरुमा पंखा नभएकोमा पंखा लगाइएको छ । पानी नआउने धारावाट खानेपानी आउने गरि मर्मत गरिएको छ ।
फोहोर रहेको सौचालयलाई मर्मत गरि पुनः सहजै प्रयोग गर्न मिल्ने भएको छ । कोठाहरुमा बत्तीको व्यवस्था लगाएत आवश्यक पर्ने सामाग्री तत्कालै व्यवस्थापन गर्ने गरिएको वडा सदस्य दल बहादुर विसिले जानकारी दिनुभयो । सरकारी विद्यालयका भवनहरु र शिक्षामा पनि उचित व्यवस्थापन गर्न सक्ने हो भने शिक्षाकै माध्ययमबाट समाजको विकास गर्न सकिन्छ । शिक्षानै एउटा यस्तो अस्त्र हो जस्को सहायताले सन्सार जित्न सकिन्छ ।










