बि वान ग्रुप अफ कम्पनीले कर्णालीमा एसईई उत्तीर्ण भएका विद्यार्थीहरुका लागि नि-शुल्क पढ्ने छात्रवृत्ति योजना ल्याएको छ ।
कोभिड १९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अबस्थामा कम्पनीले छात्रवृत्ति छ्नोट योजना २०७७ ल्याएको हो । कोभिड १९ को महामारी रहेका बेला कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तरगत जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको कम्पनीका अध्यक्ष त्रिभुवन ढकालले बताउनु भयो ।
कर्णाली लक्षित हालै बर्षको एसइइ सकेर बसेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट फर्म निःशुल्क भरिसकेपछि परीक्षा छनौंट विधिबाट (सबै अनलाइन परीक्षा) उत्कृष्ट १० जना विद्यार्थीलाई मुलुकभरका जुनसुकै कलेजमा जुनसुकै बिषय पढ्न पाइने गरि आंशिक वा पुर्णरुपमा छात्रवृत्तिको ब्यबस्था मिलाइने अध्यक्ष ढकालले बताउनुभयो ।
असोजमा हुने प्रवेश परिक्षाको आधारमा पहिलो हुने बिद्यार्थीलाइ मुलुकभर जुनसुकै कलेजमा जुन बिषय अध्ययन गर्ने भएपनि पुर्ण रुपमा छात्रवृत्तिको ब्यबस्था मिलाइने छ भने बाँकी ९ जनालाइ भने आंशिक छात्रवृत्तिको ब्यबस्था मिलाइएको छ।
कोभिड–१९ को महामारीको कारण अभिभावक स्वयं छोराछोरीको शैक्षिक अवस्थामा चिन्तित रहेको अबस्थामा सार्वजनिक छात्रवृत्तिले कर्णालीका विद्यार्थी एवं अभिभावकमा खुशी ल्याउने अध्यक्ष ढकाल बताउनुहुन्छ।
उक्त कलेजले विषम परिस्थितिलाई ख्याल राखी अनलाईनदेखि नयाँ भर्ना कार्यक्रम एवं सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याएको कलेज प्रशासनले जनाएको छ ।
यसै बर्षबाट उक्त कलेजले डिप्लोमा इन होटेल म्यानेजमेन्ट,डिप्लोमा फर प्रोफेस्नल कुकरी,डिप्लोमा इन रिटेल म्यानेजमेन्ट र डिप्लोमा इन फेसन डिजाइनिङका कोर्सहरु पनि सुरु गर्दै छ।
कर्णाली बिशेष C-19 छात्रवृत्ति योजना 2077 को छात्रवृत्ति छनौंट प्रक्रियामा भाग लिनको लागि असोज ७ गते सम्म तलको link मा क्लिक गरेर फर्म भरेको हुनुपर्नेछ।
फर्म भर्न यो link मा क्लिक गर्नुहोस
https://forms.gle/DMx52sjTXGzNUESL9










