विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने “हल्ट प्राईज” आयोजना हुने

सुदूरपश्चिममै पहिलो पटक, सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्टप्राइज २०२०/ २१ होस्ट गर्ने तयारी गरिएको छ । यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिन्छ। विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यस वर्षको भव्य कार्यक्रमका लागि क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकी नेतृत्वमा हुनेछन । साथै यस कार्यक्रमलाई सफल र भब्य बनाउन उनका टोलि सदस्यहरुले सघाउने छन ।

यस हल्ट प्राइजका सिइओ अहमद अस्कर हुन । हल्ट बिजनेस स्कुल , हल्ट प्राइज संस्था र सयुक्त रास्ट्र संघ सँग आबद्ध भएर खोलिएको हो हल्ट प्राइज । हल्ट प्राइजले विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ एक पुस्ताको नेतृत्वपरिवर्तनका लागि ।

हल्ट प्राइज ऊर्जावान युवाहरु को लागी एक अबसर हो, जो एक उद्यमी, व्यापारी नेता हुन कोसिस गर्दछ समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति । यस बर्षको चुनौतीको लागि भाग लिन ढोका बिषयको घोषणा भैईसकेको छ। विद्यार्थी समूहलाई सामाजिक व्यवसायसँग सम्बन्धित केहि बिषय प्रदान गरिनेछ र जसले अनक्याम्पस प्रोग्राममा उत्कृष्ट बनाउनेहरू उनीहरू अगाडि बढ्ने छन्।

अहिलेसम्म शिक्षा, बिजुली, पानी र यस्तै अन्य किसिमका चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले छनौट गरेका छन् र उनले हरेक वर्ष येस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन। हरेक बर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो बिकासका लक्ष्यहरु रहेर घोषण गरिन्छ ।।

प्रतिकुल परिस्थिति नभएता पनि डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी तीब्र गतिमा सुरु भइसकेको छ हामीलाई क्याम्पस निर्देशक बुढाथोकीले जानकारी दिए।

यो बर्षको शिर्षक संयुक्त रास्ट्र संघले केही दिन अगाडि मात्र सार्बजनिक गरेको छ । यस बर्ष हल्ट प्राईजले “खानालाई बाँच्नको लागी आवस्यकताबाट समृद्धिको बाहनमा रूपान्तरण गर्ने चुनौती दिएको छ” or “FOOD FOR GOOD: transforming food into a vehicle for change”.
सन २०३० सम्ममा १0,000,000 ब्यक्तिहरुलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपले टेवा पुर्याउने यसको मुख्य उद्देश छ । यसका लागी रोजगारी सिर्जना, अर्थब्यबस्थालाई बढुवा, आपूर्ति शृङ्खला पुन: कल्पना, परिणाममा सुधार जस्ता अवधारणा लागू हुने छन ।।

यस कार्यक्रममा नेपालभरिका सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रिय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्। प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस बिश्वबिद्धालयका हल्ट प्राइजका क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकीले जानकारी दिएका छ ।।

स्नातक र स्नातकोत्तर तहको विद्यार्थीहरूले ३–४ विद्यार्थीहरूको समूहसँग भाग लिन सक्दछ (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य छैन)। कार्यक्रमसँग सम्बन्धित थप जानकारी लिन यस बिश्वबिद्धालयका क्याम्पस निर्देशक सँग लिन सकिने उनले बनाए ।।
साथै सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुमा बिश्वको सबैभन्दा ठुलो प्रतिस्पर्धा अथवा सामाजिक अभियानका लागी आफनो तयारी थाल्न र सुरु हुन बुढाथोकीले आग्रह गरेका छन।

 

प्रतिक्रिया