सुनिता पन्त, नेपालगन्ज :समाजमा कोरोना भनेपछि पर पर जाने चलन बसीसकेको छ । सुरुका दिनमा त झन कोरोना भन्नेवित्तिकै डरले भाग्ने चलन थियो । अहिले धेरै मात्रमा यो त्रास घट्दै गएको छ । कोरोना संक्रमित बढेपनि त्रास घट्दा स्थानियमा उच्च मनोबल बढेको देखिन्छ ।
कोरोना भनेर डराउने र पर पर भाग्नेहरु अहिले कोरोना भनेको ठेलो रोग होइन भन्दै भन्न थालेका छन । यस्तो भन्नेहरु कोरोना पोजेटिभ भएर आइसोलेसन बसेर सामान्य लाइफ विताएकाहरुनै बढि छन । कोरोना पोजेटिभ भएर जितेकाहरु नै अहिले कोरोनालाई ठुलो रुपमा नलिन आग्रह गरिरहेका छन ।
यता स्वास्थ्यमा काम गर्नेहरु कोरोनालाई झनै बढवा दिदै गरेको जस्तो व्यवहार गरेको पुर्व संक्रमितहरु बताउछन । कोरोना भनेको के हो र कसरी सर्छ भन्ने नै अहिले सम्म कुनै स्वास्थ्यकर्मिले निश्चत भएर भन्न सकेका छैनन् । कोरोना जित्ने समय १४ दिन नै हो भन्ने पनि निश्चत छैन । कोरोना संक्रमित पुष्टि हुने कुरामा पनि धेरैले आशङखा व्यक्त गरेका छन ।
केहिले भनेका छन्, कोरोनाको डर देखाएर जनता तर्साउने र सम्पति कमाउने खेलो हो । अनि केहिले कोरोनाको नाउँमा देहलाई डुवाउने मेसो भएको बताउदै आएका छन । बजारमा हेर्नेहो भने कोरोना संक्रमण भएकाहरु अहिले पनि हिडारहेका छन ।
अनि उनिहरु आफै निको पनि भैरहेका छन । यदि कोरोना यसै निको हुने रोग हो भने किन जनतालाई हालसम्म बन्धक जस्तो बनाएर राखेको ? यस्ता प्रश्न धेरैले गर्ने गरेका छन । उचित र बोल्ड निर्णय लिन नसक्दा जनताले अनावश्यक दुख पाइरहेको स्थानिय राम आचार्यले बताए । बजारमा कोरोनाको त्रास सकिदै छ भने संक्रमणको संख्या पनि थपिदै छ ।
यस्तो अवस्थामा स्थानिउय सरकारले जनताको पक्षमा निर्णय गर्नु भन्दा अर्को कुनै विकल्प छैन । तसर्थ कोरोनालाई डरलाग्दो कहरका रुपमा नलिई शुरक्षित रुपमा अघि बढ्दै आफ्नो काम गर्न पर्ने नै अहिलेको मुख्य आवश्यता हो ।










