कोहलपुर : बाँके कोहलपुरको एक सामुदायिक विद्यालयले जोखिम मोलेर विद्यार्थीहरुलाई पढाइका कार्य गर्न सुरु गरेको छ । कोरोना भाइरसको उच्च जोखिम रहेको बाँकेको कोहलपुरमा समुदायमै गई विद्यार्थि जम्मा गरि पढाउन सुरु गरिएको हो ।
ज्ञान ज्योती माध्यामिक विद्यालय वगिया कोहलपुरले नजिकका समुदायहरुमा विद्यार्थी जम्मा गरि गृहकार्य दिने पढाउने जस्ता कार्य गर्न सुरु गरेपछि बालबालिकाहरुमा कोरोनाको उच्च जोखिम देखिएको भन्दै अभिभाभकहरु चिन्तीत वनेका छन । विद्यार्थीहरुले माक्स नलगाउने सेनिटाइजरको प्रयोग नगर्ने र सामाजिक दुरी पनि कायम नराख्ने हुदाँ कोरोनाको जोखिम वढी देखिएको हो ।
ज्ञान ज्योती माध्यामिक विद्यालय बगियाका प्रध्यानाध्यापक गोविन्द राज श्रेष्ठले विद्यालयसँग रिसिवि साध्नका लागि नराम्रो हल्ला फिजाएको तर्क राखेका छन । माक्स नहुने विद्यार्थीलाई माक्स दिएर सेनिटाइजरको प्रयोग गर्न सिकाएर समुदायमा विद्यार्थी बोलाई उनिहरुलाई गृहकार्य दिने जनचेतना फैलाउने कार्य आजैदेखि सुरु गरेको दावि गरेका छन ।
केहि नगर्दा पनि अभिभावक सन्तृष्ट नहुने भन्दै उनले साप्ताहिक रुपमा समुदायमा केहि कार्य गरौ भनेर सुरु गरेको बताए । यता कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख अन्नत कुमार पौडेलले यति वेला सबै तिर कोभिड १९ को उच्च जोखिम भएकोले आम्ने साम्ने भइ गरिने सबै कार्यहरुमा रोक लगाइएको बताएका छन । विद्यालयले पढाइका गतिविधिहरु पविधि र वैकल्पीक विधिको माध्ययमवाट मात्रै सन्चालन गर्न पाउने बताए ।
आज मात्रै ४ विद्यालयमा अनुगमन गरि विद्यार्थी जम्मा गरि आम्ने साम्ने केहि पनि कार्य नगर्न निर्देशन दिइएको बताएका छन । शिक्षा शाखा प्रमुख पौडेलले ज्ञान ज्योती माविमा भोली नै अनुगमन गरिने र समुदायमा गरिएको कार्य तत्काल रोक्न निर्देशन दिने जानकारी दिए ।










