लोक सेवा आयोगका सबै परीक्षा स्थगित

लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा जनाइएको छ । सर्वोच्च अदालतको आदेश अनि आयोगभित्रै संक्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया