बिद्यालयमा खानेपानी टंकी सहितको ४ धारा जडान

बर्दिया : बर्दिया बढैयाताल गाउँपालिका ३ मा खानेपानी टंकी साहितको ४ वटा धारा जडान गरिएको छ । नेपाल डेभलपमेन्ट सोसाइटी बाँकेको आर्थिक सहायोगमा भावानी माबि सिमरा,सरस्वाती ने रा प्रा बि सोरहवा, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गोब्रेपुर र मानझुन्डी सामुदायिक बनको कार्यालय भोलागौढीमा धारा जडान गरिएको नेपाल डेभलपमेन्ट सोसाइटी बाँकेका अध्यक्ष ओबैदर हमन खानले बताउनुभयो ।

बिधालयका बालबालिका र गरिब बिपन्नालाई स्वाच्छा खानेपानीका लागि धारा जडान गरिएको हो । यस्तै पुष्पनगरमा ३ र जोडी पिपलमा एक वाट हण्डपाम्प हात्ते धारा पनि बितरण गरिएको छ । खानेपानी टंकी साहितको धारा र हण्डपाम्प धारा गरि ५ लाख रकम बराबरको सामाग्री जडान गरिएको छ ।

खानेपानी टंकी साहितको धारा र हण्डपाम्प धारा समाजसेबी कुल बहादुर बिक को सहकार्यम जडान गरिएको हो । धारा हस्तान्तरणमा भवानी माबीका अध्यक्ष दिल बहादुर केसी लागयत बिधालयका शिक्षक र स्थानीयहरु सहाभगिता रहेको थियोे ।

प्रतिक्रिया