रेडियो कार्यक्रमबाटै शान्ति सदभाव र शुभकामना सन्देश

नेपालगन्ज : बाँकेको जन जागरण समाज खजुराले हरेक वर्ष भव्य रुपमा गर्ने शुभकामना आदान प्रदानलाई कोरोना माहामारिका कारण परिमार्जन गरेको छ । जन जागरणले समुदायमा शान्ति कायम गर्न काम गरिरहेका केहि पञ्तिनिधिहरुलाई राखेर शान्ति र सदभाव रेडियो कार्यक्रम संचालन गरेको हो ।

जन जागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले एकै ठाउँमा जम्मा भएर शुभकामना तथा चेतनाका कार्यक्रम सन्चालन गर्ने अवस्था नरहेकाले रेडियो छलफल कार्यक्रम उत्पादन गरि स्थानिय रेडियो बाट प्रसारण गरेर शुभकामना सहित शान्तिको कामना गरिएको बताए । सस्थाका कार्यकारी व्यवस्थापक पुनले जन जागरण समाज बाँकेद्वारा दिगो विकासका लागी शान्ति कार्यक्रम अन्तरर्गत सो सगं सम्बन्धित शान्ति सन्जालका सदस्य, युवा शान्ति सन्जाल, शान्ति परिषदका सदस्य लगाएतका मुख्य व्यक्तिहरुलाई राखेर रेडियो कार्यक्रम उत्पादन गरेको बताए ।

जन जागरण समाजका अध्यक्ष नशिरुल निसाले समुदायमा शान्ति कायम गर्नका लागी पहिले ठाउँ ठाउँमा पुगेर विभिन्न कार्यक्रम गरिने भएपनि यो वर्ष सन्चार माध्यमबाट शुभकामना आदान प्रदान गर्ने योजना अनुरुप सन्चालन गरिएको बताइन । रेडियो कार्यक्रम उत्पादन गर्ने क्रममा सहभागिहरुले भिडभाड नगरी आफनो चाडपर्व मनाउन आग्रह गरेका छन ।

उनिहरुले यो वर्ष देउसी भैलो आफुहरुपनि नखेल्ने र अरुलाई पनि नखेल्न आग्रह गर्ने बताएका थिए । भौतिक दुरी कायम गर्दै रेडियो कार्यक्रम उत्पादन गरिएको र उक्त कार्यक्रम स्थानिय रेडियो सदभावमा विहिबार विहान ७ बजेर ३० मिनेटमा प्रसारण हुने प्रस्तोता खगेन्द्र दाहालले बताए । जन जागरण समाज सगंको सहकार्यमा न्यु मिडिया हाउस नेपालगन्जले कार्यक्रमलाई उत्पादन गरेको हो । शान्ति र सदभाव रेडियो कार्यक्रममा बाँके जिल्लामा रहेका शान्ति सदभाव कायम गर्न भुमिका खेल्नेहरुलाई पनि सहभागि बनाई छलफल गर्दै प्रसारण गरिने प्रस्तोता दाहालले बताए ।

प्रतिक्रिया