विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा साहित्य सारथि समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको “खुल्ला कविता प्रतियोगिता”मा उत्कृष्ट तीन कविको रचना छानिएको छ।
असोज २७ गते देखि कार्तिक ०२ गते सम्म सङ्कल भएका उनान्चालीस रचना मध्य उत्कृष्ट १० रचना यहीँ कार्तिक ०३ गते आयोजकले सार्वजनिक गरेको थियो। उक्त उत्कृष्ट १० मा पर्ने रचनाको वाचन आज अर्थात कार्तिक ०५ गते भर्चुल माध्यम Zoom app मार्फत संचालन गरिएको थियो।
उक्त प्रतियोगितामा निर्णायक भूमिका आदरणीय कवि सन्तोष थेबे र दिपक न्यौपाने ज्यूले निर्वाह गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुरेन्द्र अस्तफल रहनु भएको थियो ।
उक्त प्रतियोगितामा प्रथम स्थान बाँकेकी अस्मिता कार्कीको “जीवन जस्तै” रचनाले हासिल गरेको छ। द्वितीय स्थान तनहुँका बिनायक पन्तको “देश रोहिरहेछ” र तृतीय स्थान आछामका कपिल बोगटीको “माटोको सिरानी” ले हासिल गरेका छन्।साथै उत्कृष्ट तीनमा पर्नु हुने कविहरुलाई हार्दिक बधाई साथै साहित्यिक उज्ज्वल भबिस्यको कामना साहित्य सारथि समाज परिवारले गरेको आयोजकले बताएको छ।










