सुजन तिमल्सिना, काठमाण्डौ : साहित्यको क्षेत्रमा कलम चलाउन शुरू गर्नु भएका लेखक प्रशान्त शर्माले आफ्नो पहिलो नवितम कृति “रूखहरूको मृत्यु” चाडैं नै पाठकहरू माझ आउने भएको छ । साहित्य जगतमा एक नवीनतम छुट्टै र भिन्नै तरिकाबाट समाजमा रहेका हर क्षेत्रका मानिसहरूको संङ्घर्ष बोकेको पुस्तक “रूखहरूको मृत्यु” रहेको लेखक शर्माले बताएका छन् ।
पुस्तकमा हरेक क्षेत्रका मानिसहरू को सङ्घर्ष समेटिएको लेखकको दावी छ। लेखक शर्मा भन्छन, ‘सम्भवतः पुस्तक दशैं लगत्तै बजारमा ल्याउने तयारीमा रहेका छौ’ ।उहाँ को जन्म भैरहवा, रुपन्देही मा भएको हो । उहाँ हाल भक्तपुरमा बस्दै आइरहनु भएको छ । लेखक शर्मा पत्रकारितामा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ।
उहाँको पहिलो कृति हो “रूखहरूको मृत्यु” ।लेखक शर्मा आफ्नो कृतिको बारेमा पाठकमाझ केही नविन कुराहरू राख्नुु पर्दा उहाँ भन्नुहुन्छ :- यो मेरो पहिलो कृति हो, “रुखहरुको मृत्यु” । जसमा एउटा सामान्य व्यक्ति, जो जीवनका अनेकौं आयाममा बाँचिरहेको हुन्छ, उसको कथा हो उपन्यास ‘रुखहरुको मृत्युु’ । एक व्यक्तीले गर्ने सामन्य प्रेमसँगै सम्वन्धहरुको घन्चक्करमा अल्झिएको उसको जीवनको एउटा कालखण्ड समग्रमा प्रेमको वरिपरि घुमेर लेखिएको एउटा पेशावरको कथा, हो।
एउटा पत्रकारको कथा, एउटा जागिरेको कथा, त्यो समयको कठपुतलीको कथा र सबैभन्दा माथी प्रेमले लतपत्तिएको एक व्यक्तीको जीवनको कथा हो ।युवा साहित्यकार शर्माको प्रथम कृति भएको कारणले नै यस पुस्तकको बढी चर्चा भईरहेको पाहिन्छ । किनकि,यो उहाँको नयाँ र नौलो भाव विचार र अरूभन्दा पृथक तरिकाले आउन लागेकाले पनि केही मात्रामा चर्चा हुनुु नौलो कुरा रहेन।
पुस्तक बजारमा नआउँदा नआउँदै पनि यत्रतत्र चर्चा भईरहदाँ लेखक शर्मा आफू पनि उत्साहित भएको बताउँछन । उनी यस पुस्तकले पाठकको न्यानो माया पाएमा अर्को कृतिको तयारीमा लाग्ने पनि बताउछन्।प्रकाशन हुनुअघि नै निकै चर्चामा रहेको उपन्यास युवा वर्गहरू यस पुस्तकको पर्खाइ धेरै रहेको पाइन्छ।
केही उत्सुकता र हर्षले भरिएको पाठहरूको माझ दशै अघि नै पुस्तक बजारमा ल्याउने प्रकाशकको दावी भए तापनि कोरोनाको कारणले दशै पछि मात्र बजारमा आउने तयारी भईरहेको छ । उपन्यासको प्रतिक्षामा रहनु भएका पाठकहरूका लागि पुस्तकभित्रको एक अंश अच्युत घिमिरे ‘वुलवुल’ को स्वरमा प्रोमो स्वरूप सार्वजनिक गरिएको छ लेखकले बताएका छन् ।
यस पुस्तकको कभर डिजाइन किशोर ज्योतिले गर्नु भएको हो र, यस पुस्तकको प्रकाशक एडीबी पब्लिकेसन्स,डिल्लिबजार,काठमाडौ हो ।यस पुस्तकको प्रमुख वितरक बुलबुल पब्लिकेसन्स रहेको छ । पुस्तकको मूल्य रू ३५० तोकिएको छ । पुस्तक दशै पछि बजारमा पठाउने जानकारी पब्लिकेसनले गराएको छ ।










