गिता गाहा मगर : नेपालगन्ज उप-महानगरपालिकाका किशोरीले सामाजिक संजालको सही सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
प्लान इन्टरनेशल नेपालको सहयोगमा नेपालगन्ज उप-महानगरपालिका वडा नं. २१ को समन्वय र स्याक नेपालको आयोजनामा किशोरीका क्लबका पदाधिकारीहरुका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको समापनमा बोल्दै उक्त कुरा बताएका हुन् ।
प्राविधिक तालिमका प्रशिक्षक तिलक गाहा मगरले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन, साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक संजालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिए । स्याक नेपालका प्रतिनिधि अकलिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

कोभिडबाट सुरक्षित हुनको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो । नेपालगंज उप-महानगरपालिका वडा नं. २१ गठित उज्वल किशोरी क्लबका आयसा शेषले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि अर्का सहभागी पुजा वि.कले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताइन् ।
बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराए । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिए ।
तालिममा नेपालगन्ज उप-महानगरपालिका वडा नं. २१ का किशोरीहरुको सहभागिता रहेको थियो ।










