मण्टेश्वरी एशाेशियसन बाँकेकाे अध्यक्षमा पुनः लुना बुढाथोकी

के-पी-घिमिरे ,नेपालगन्ज :

मण्टेश्वरी एशाेशियसन बाँकेकाे प्रथम साधारण सभा गैर सरकारी संस्था महासंघ बाँकेकाे सभा हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

एशाेशियसन बाँकेका अध्यक्ष लुना बुढाथाेकीज्युकाे अध्यक्षतामा भएको साधारण सभामा मण्टेश्वरी एशोसियसन बाँकेका सल्लाहकार तथा बरिस्ठ पत्रकार पुर्णलाल चुके, समाजसेवी दिला शाह, बासका निर्देशक हेमराज भट्ट, मानवता नेपाल बाँकेकी अध्यक्ष अम्बिका काफ्ले, ईन्जिनियर नेत्र प्रसाद सापकाेटा, प्राध्यापक मधुसुदन अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

एशाेशियसनकी सचिव प्रभा थापा मगरले सञ्चालन गरेकाे साधारण सभामा तदर्थ समितिकी अध्यक्ष लुना बुढाथाेकीले तदर्थ समिति बिघटनकाे घाेषणा गर्दै बाँकी कार्यभार पुरा गर्न निर्वाचन मण्डलका वरिष्ठ पत्रकार पुर्णलाल चुके संयाेजकमा र सदस्यहरुमा पत्रकार के.पी. घिमिरे र समाजसेवी तथा बासकी केन्द्रीय सदस्य दिला शाहले सक्रिय भुमिका निर्वाह गर्नुभयाे ।

एशाेशियसनमा आबद्ध मण्टेश्वरी विद्यालयका संचालकहरुकाे केही छिनकाे छलफल पश्चात कार्य समितिकाे सुची निर्वाचन मण्डल समक्ष पेश गरेका थिए र निर्वाचन मण्डलका सदस्य के.पी. घिमिरेले संयाेजक पुर्णलाल चुकेलाई घाेषणा गर्न अनुराेध गरे पछि साेही सुचीलाई निर्विराेध निर्वाचित भएकाे घाेषणा गरेकाे थियाे ।

नयाँ कार्य समितिमा अध्यक्ष लुना बुढाथाेकी, उपाध्यक्ष दुर्गा बजगाई, सचिव प्रभा थापा मगर, काेषाध्यक्ष खिमा थापा मगर, सह-सचिव निशा शर्मा, सह-काेषाध्यक्ष सीता पाैडेल र सदस्यहरुमा मिता थैव, निता गुप्ता र मिना घर्ती रहनुभएकाे छ । नयाँ कार्य समिति घाेषणा भए पश्चात हेमराज भट्ट, अम्बिका काफ्ले र दिला शाहले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

नव निर्वाचित अध्यक्ष बुढाथाेकीले काेभिड-१९ काे महामारीले स्थिति असहज भई साेचे अनुरुपकाे काम गर्न नसकेता पनि सबैकाे साथ र सहयाेगले विगतमा केही हद सम्म सफल भएकाे र आउँने दिनमा पनि साेही सहयाेगकाे अपेक्षा राखेकाे बताउनुभयाे ।

प्रतिक्रिया