“रुम टु रिड” कार्यक्रमको गरियो वार्षिक समिक्षा

नेपालगन्ज : बालिका शिक्षाको क्षेत्रमा काम गर्दै आएको “रुम टु रिड” संस्थाले आफ्नो वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनमा पनि डिजिटल प्रविधिबाट बालिका शिक्षालाई निरन्तरता दिएको यस् कार्यक्रमका वर्षभरि भएका गतिविधिको बारेमा केही दिन अघि समीक्षा गरिएको थियो।

कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्त कुमार पौड्याल लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा जुम मार्फत “रुम टु रिड”ले गरेका कार्यहरू र यसले पारेको सकारात्मक प्रभावहरुको बारेमा अन्तरक्रिया गरिएको थियो।

विषम परिस्थितिमा पनि शिक्षालाई प्राथमिकतामा राख्दै “रुम टु रिड”ले गरेका विभिन्न कार्यहरूको प्रशंसा पनि गरिएको थियो। रुम टु रिडले जुन कार्यहरु गरिरहेको छ, त्यही कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन विभिन्न शिक्षा विदहरुको सुझाव रहेको थियो।

कोरोनाका कारण भौतिक उपस्थितिमा समिक्षा कार्यक्रम गर्न नपाएकोले भर्चुअल माध्यमबाट सो कार्यक्रम गर्नुपरेको रुम टु रिडले जनाएको छ। विद्यालयमा सम्पर्क शिक्षकको व्यवस्था ,बालबालिका शिक्षा सन्चालन, जीवनोपयोगी शिक्षा परिक्षण , शैक्षिक सहायता , मोक टेस्ट लगायतका कार्यहरू रुम टु रिडले गरिसकेको छ।

प्रतिक्रिया