जन जागरणद्धारा १२० जना छात्रालाई छात्रावृद्धि वितरण

खजुरा : जन जागरण समाज खजुरा बाँकेले १२० जना स्कुले छात्राहरुलाई छात्रा वृद्धि वितरण गरेको छ । खजुरा र जानकी गाउँपालिकाका मदेशी, मुस्लिम तथा दलित छात्राहरुलाई छात्रवृद्धि स्वरुप झोला, कापि, कलम लगाएतको शैक्षिक शामाग्री वितरण गरेको हो ।

प्रतिव्यत्ती १६४० बराबरको शैक्षिक सामाग्री छात्राहरुलाई वितरण गरिएको जन जागरण समाजका कार्यक्रम संयोजक अम्रेश प्रताप सिहँले जानकारी दिनुभयो । दिगो विकासका लागी सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त हरेक वर्ष समाजले छात्राहरुलाई पढाउन सहयोग गर्दे आएको छ । यस वर्ष पनि छात्राहरुको हौसलाका निमित्त छात्रवृद्धिको कार्यक्रमलाई निरन्तरता दिइएको जन जागरण समाजका अध्यक्ष नसिरुल निसाले बताउनुभयो ।

जन जागरण समाजले फेल्म नेपाल र सस्थागत विकास संजालको सहयोगमा उक्त छात्रवृद्धि वितरण गरेको हो । छात्रवृद्धि वितरण गर्ने कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले शिक्षा सबैभन्दा महत्वपुर्ण कुरा भएकाले कसैले पनि शिक्षा बाट बन्चित हुन नहुनेमा जोड दिनुभयो । उहाँले समाजमा विक्रिति फैलन नदिन शिक्षाको हात महत्वपुर्ण हुने भन्दै लगनशिल भएर आफ्नो शिक्षा पुरा गर्न अनुरोध गर्नुभयो ।

शिक्षा शाखा प्रमुख मल्लले पैसाको अभावमा कोहि पनि बालबालिका पढाईबाट बन्चित हुन नपरोस भनेर गाउँपालिकाले पनि कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

प्रतिक्रिया