विपि मेमोरीयलमा गुनासो सुनवाइ समिति पुनर्गठन

नेपालगन्ज : विपि मेमोरीयल मावि बानीयाभारमा गुनासो सुनवाइ समिति पुनर्गठन एवं एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । भीएसओ र एच.आइको साझेदारिमा डेक नेपालद्धारा सन्चालित किशोरी सशक्तीकरणका लागि शिक्षा ( ईन्गेज) कार्यक्रम अन्तरगत बैजनाथ ४ बानीयाभारको सो विद्यालयमा समिति पवुर्नरगठन तथा अभिमुखिकरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकान्त आचार्यको संयोजकत्वमा भएको समितिको सह संयोजकमा विद्यालयका प्रध्यानाध्यापक गुञ्ज बहादुर केसी चयन भएका छन् ।

समितिको सदस्यहरुमा शिक्षक अभिभावक संघबाट मानबहादुर हमाल, कक्षा ९ का विद्यार्थी रक्षा विक, कक्षा ८ का विद्यार्थी रक्षा पुन , दलित महिला सदस्य मनमाया चुनारा मनोनीत भएका छन् र गुनासो सुन्ने शिक्षक दुर्गा शाह सदस्य सचिवमा चयन भएका छन् ।

हरेक हप्ताको आइतवार गुनासो पेटीका खोल्ने र समितिको बैठक महिनामा कम्तीमा १ चोटी बस्ने निर्णय भएको डेक नेपालका प्रबन्धक जिवन गिरिले जानकारी दिए । कार्यक्रममा गुनासो सुनवाइ कार्यविधि २०७४ का वारेमा भीएसओका कमला उप्रेतीले अभिमुखिकरण गराएकी थिइन ।

प्रतिक्रिया