प्रदेश स्तरिय अन्तरक्रिया तथा समन्वय कार्यक्रम

कोहलपुर : बाँकेको कोहलपुरमा प्रदेश स्तरीय अन्तरक्रीया तथा समन्वय कार्यक्रम सम्पन्न गरिएको छ । डेक नेपाल बाँकेद्धारा सन्चालित किशोरी परियोजनाका लागि शिक्षा ( ईन्गेज) कार्यक्रम अन्तरगत फिल्डमा गरिएको अनुगमन वाट आएका राम्रा तथा सुधार गर्नु पर्ने कुराहरुको छलफलका लागि आइतबार प्रदेश स्तरीय अन्तरक्रीया तथा समन्वय कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष एकमाया विकले परियोजनाले स्थानीय वासिलाइ प्रत्यक्ष लाभ पु¥याएको भन्दै आगामी दिनमा पनि समन्वय र सहकार्य गरेर काम गर्न सुझाव दिइन । अपागंता भएका वालवालीकाहरुलाइ शिक्षाको पहुचमा ल्याउन चुनौतीपूर्ण काम रहेको भन्दै समस्या परे आफुले सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

सामाजिक विकास मन्त्रालय लुम्बीनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्यालले सबै जना आ आफनो क्षेत्रवाट अपाङ्गताको क्षेत्रमा सवेंदनशिल नभए सम्म अपाङ्गताको क्षेत्रमा सुधार नहुने बताइन । विद्यालय छोडेका वालवालीकाहरुलाइ विद्यालयमा ल्याउनका लागि स्थानीय ठुली दिदिहरुलाइ नै जिम्मेवारी दिएर सानी बहिनिहरुलाइ शिक्षाको पहुचमा ल्याएको कुरा आफुले फिल्ड अनुगमनमा पाएको जानकारी दिइइन ।

विद्यालय छाडेर वसेका सानी बहिनिहरुलाइ शिक्षाको क्षेत्रमा ल्याउनका लागि परियोजनाले अतुलनीय काम गरेको पनि उनको भनाइ छ । आगामी दिनमा गरिने कामहरुमा आफले सक्ने सहयोग र समन्व गरिने प्रतिवद्धता पनि उनले जनाइन ।

सामाजिक विकास डिभिजन कार्यलयका प्रमुख रामगोपाल पालले विद्यालय वाट वाहिर रहेका किशोर किशोरीहरुलाइ शिक्षा दिएर उनीहरुलाइ लाइ नै ठुली दिदि वनाइ सानी वहिनिहरुलाइ शिक्षा दिन लगाएको सर्हनीय रहेको बताए । स्थानीय निकाय र सघं सस्थाहरु समन्वय गरेर काम गर्दा प्रतिफल राम्रो उनको भनाइ छ ।

कार्यक्रममा वैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले शिक्षाको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने कामलाइ परियोजनाले सघाएको भन्दै धन्यवाद दिए । छरिएर रहेको क्षेत्रमा शिक्षाको पहुचवाट टाढा रहेका अपागंता भएका किशोर किशोरीहरुलाइ शिक्षाको दायरामा ल्याउने काम सर्हानीय रहेको उनको भनाइ छ । खजुरामा शिक्षाको क्षेत्रलाइ वलियो वनाउनका लागी सबै सयन्त्रहरु मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले श्रोत विद्यालयका शिक्षकलाइ मात्रै नभएर सबै विद्यालयका शिक्षकहरुलाइ आवश्यक तालिमको व्यवस्था सबै मिलेर गरे मात्रै अपागंमैत्री शिक्षा विद्यार्थीले पाउने बताए । विद्यार्थी सगं अपाङ्गता परिचय पत्र नहुदा छात्रवृति वाट वन्चीत हुन परेको भन्दै परियपत्र वनाउनका लागि पहल गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय अपाङ्ग महासघं नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष तथा डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले ठुली दिदिहरु मार्फत शिक्षा लिइ रहेका सानी बहिनिहरुलाइ आवश्यक तालिमहरु दिइ वीउ पुजी सहित रोजगारीमा लगाउने तयारी भइ रहेको जानकारी दिए । समावेशि शिक्षाको अवधारणा अनुसार आफुहरुले काम गरेको भन्दै उनले स्थानीय निकाय र सबै सरोकारवालाहरु सगं समन्य र सहकार्य गरेर कामै क्रियाकलापहरु अघि बढाईएको जानकारी दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका शिक्षा शाखा पमुख अन्नत कुमार पौड्यालले परियोजनाले फिल्डमा शिक्षााको क्षेत्रमा गरेको कामका वारेमा र ईन्गेज परियोजनाका कार्यक्रम प्रमुख जिवन गिरिले परियोजनाका वारेमा प्रसतुतीकरण गरेका थिए ।

प्रतिक्रिया